ताजा अपडेट »

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३८ कोरोना संक्रमित

विहीबार, ११ भदौ २०७७, १६ : ४९

बुटवल । रुपन्देहीको बुटवलस्थित मुटु अस्पतालका एक डाक्टरसहित बुटवल उपमहानगरपालिकामा थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख कुन्दर कुमार सिंहले दिएको जानकारी अनुसार बुटवलस्थित मुटु अस्पतालका एक डाक्टरसहित थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । कहाँ, कति संक्रमित थपिए भन्ने विवरण भने आउन बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।