ताजा अपडेट »

थप १ हजार १११ जनामा कोरोना संक्रमण

विहीबार, ११ भदौ २०७७, १६ : २६
4 Shares

बुटवल । पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १ हजार १११ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

देशभरका भरका विभिन्न प्रयोगशालमा गरिएको १२ हजार ६२९ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ । बितेको २४ घण्टामा थप ५६९ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ । देशभर गरी हाल ९ हजार ४८८ जना क्वारेन्टिनमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।