२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

परिचय
शरीरको सन्तुलित विकास गर्न नियमित व्यायाम सन्तुलित भोजन सेवन र विश्रामको संयोजनको माध्यमबाट शरीरमा रहेका मांसपेशीहरु सुगठित गर्ने प्रक्रिया नै शारीरिक सुगठन हो। संगीतको तालमा सुगठित शरीरका मांसपेशीहरुलाई कलात्मक ढंग प्रदर्शन गरिने खेल नै शारीरिक सुगठन खेल हो ।

Advertisement

१९औ शताब्दिको पुर्वाधार तिर इङ्ल्याण्डमा जर्मनी नागरिक यूगिन स्याण्डोले प्रारम्भ गरेको मानिएको यो खेलको नेपालमा भने यसको इतिहास खासै लामो छैन । प्रजातन्त्रका सेनानी तथा अमर शहिद धर्मभक्त माथेमाले भारतबाट आएर यस खेलको विजारोपण गरे। वि.सं. २०१० द्वारिकादास श्रेष्ठले शारीरिक सुगठन खेलको विकासमा इटा थप्ने काम गरेसँगै क्रमशः वि.सं. २०३० मा मिष्टर काठमाण्डौं उपाधीबाट शारीरिक सुगठन प्रतियोगिताको शुभारम्भ भएको थियो । शारीरिक सुगठन खेलमा नेपालले सर्वप्रथम अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता वि.सं. २०४२ सालदेखि जनाएको देखिन्छ ।

सन् २०१० मा आयोजित दोस्रो विश्व बडि बिल्डिङ च्याम्पियनसिपमा नेपालका श्याम श्रेष्ठले कास्य पदक जित्दै अन्तराष्ट्रिय पदक यात्रा तय गरेका थिए। हाल आएर हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बडि बिल्डरहरु प्रायः रित्तो हात फर्कनुपरेको छैन ।

पृष्ठभूमि
सन्तुलित आहारको महत्व शारीरिक सुगठन खेलाडीहरुलाई मात्र नभई आम मानिसको जीवनमा समेत महत्वपूर्ण भूमिका रहेको कुरामा कसैको विमति नहोला । भनिन्छ नि,जस्तो भोजन उस्तै मन जस्तो मन उस्तै तन । जे खानुहुन्छ, तपाईं त्यहि बन्नुहुन्छ । स्वस्थ शरीरको लागि उचित खानपिनको कुनै विकल्प छैन । वास्तवमा हामी उठेदेखि ननिदाएसम्म हाम्रो शरीरले काम गर्दा, व्यायाम गर्दा मांशपेशीहरुले काम गर्दा थाकेको, टुटेको चुँडेको हुन्छ हाम्रो शरीरले यसलाई निदाएको समयमा मर्मत गर्ने काम गर्दछ । शरीरलाई रातको समयको निन्द्रा नित्तान्त आवश्यक हुन्छ । एक शारीरिक सुगठन खेलाडीले सन्तुलित आहार प्रयाप्त निद्रा र उचित व्यायाम संयोजन गर्न सकेन भने सोचे जस्तो शरीर बनाउन सक्दैन । अनुशासित जीवनशैली, अलिकति धैर्यता हुने हो भने व्यायाम र सादा अनि सरल खानपिनले नै बोसो घटाउन, तौल घटाउन, शरीर बनाउन र स्वस्थ रहन सकिन्छ ।

बिषय प्रवेश
विश्वमा शारीरिक सुगठन खेलको विकाश भएसँगै नेपालमा पनि बिरलै हुने प्रतियोगिता समेत क्रमशः वृद्धि हुँदै आएको छ । जसरी प्रतियोगिताको संख्या दिनानुदिन बढ्दै छ । सोही वमोजिम छिटो नतिजाको चाहनामा शारीरिक सुगठन खेलाडीहरुले विभिन्न वैकल्पिक उपायहरु र छोटो बाटोको खोजी गरिरहको यथार्थ हामी सामु आएको देखिन्छ । लोभलाग्दो विज्ञापन पछि लोभिएर प्राकृतिक पौष्टिक आहारहरुमा भन्दा सरल हिसाबले शरीर बनाउनको लागि उत्पादन गरिएका अनेकौं सप्लिमेण्टहरुको उपभोग गर्न लालायित रहेको पाइन्छ । वेट गेनर, प्रोटीन पाउडर, क्रेटिन, ग्लूटामिन, काड लिवर अयल, बिसिएए, फैट वर्नर, मल्टी भिटामिन, लिक्विड अमीनो,अमीनो टेवल आदी सप्लीमेण्ट पाइन्छ । जो आमरुपमा शारीरिक सुगठनका खेलाडीहरुले प्रयोग गर्छन् । केही खेलाडीहरु जानकारीका अभावले प्रतिबन्धित एनावोलिक स्टोराइड (Anabolic-Androgenic Steroids) समेतको प्रयोग गर्ने गरेको सुनिन्छ ।

एनाबोलिक स्टोराइड बास्तवमा पुरुष यौन हार्मोन र प्रजनन क्षमता बढ़ाउन, मेटबालिज्म र इम्यूनिटीलाई दुरुस्त राख्न मांसपेशीहरु र हड्डिहरुको धनत्व बढ़ाउन अन्य उपचारमा प्रयोग गर्ने उद्देश्यले औषधीका रुपमा तयार पारिएको हो तर, यसलाई गलत रुपमा शारीरिक सुगठन खेलाडीहरुले शरीरमा मांसपेशीहरु बढाउनका लागि प्रयोग गरिरहेका छन् । यसले उनीहरूको शरीरलाई उल्लेख्य रूपमा क्षति पुर्यायउँछ । मुटुमा एनाबोलिक स्टेरोइडको प्रभावले मायोकार्डियल इन्फ्रक्शन र स्ट्रोक निम्त्याउन सक्छ । हार्मोनल असंतुलनहरू जस्तै Gynecomastia र महिला खेलाडीहरुमा पुरूषत्व पैदा गर्न सक्छ ।

के हामीले खानाबाट चाहिने सबै पोषकहरू पाउन सकिन्छ त ? स्वस्थ मानिसहरू वास्तवमै स्वस्थ आहार मार्फत आफ्ना पोषण आवश्यकताहरू पूरा गर्न सक्दछन् । यदि फलफूल, तरकारीहरू र सम्पूर्ण अन्नहरू प्रशस्त मात्रामा मिलाएर खादा हामीले खाद्य सप्लीमेन्ट लिनुपर्ने कुनै कारण छैन । यो हार्वर्ड विश्वविद्यालयका विज्ञहरूलेसमेत पुष्टि गरेका छन् । विश्वमा सन् 1990 को मध्य देखिनै आहार सप्लीमेन्ट उद्योगहरुको बाढी नै आएको देखिन्छ । नेपाल जस्तो सानो मुलुकमा समेत यिनीहरुको व्यापार दिन दुई गुणा रात चार गुणाले उकालो लागिरहको देखिन्छ । सप्लिमेण्टको विज्ञहरु सप्लीमेन्ट लिने कुरा केहीका लागि उपयोगी पनि हुन सक्ने देख्छन् । खास गरेर गर्भवती महिलाहरु र दीर्धरोगी केही व्यक्तिहरूले यसबाट स्वास्थ्य लाभहरू हुने देख्दछन् ।

हामी दुई उद्देश्य लिएर जिम गई व्यायाम गर्ने गर्छौं, एकः स्वास्थ्यको लागि दुईः प्रतियोगिताको लागि । स्वास्थ्यको लागि शुरुदेखि नै सप्लिमेन्टको खाँचो पर्दैन किनकि हाम्रो शरीरलाई तुरुन्तै खाँचो परेकै हुन्न, ताकत भनेको बिस्तारै बढ्दै जाने प्रकृया हो । जब शरीरमा ताकत बढ्दै जान्छ तब शरीरमा रसायनहरु पनि नष्ट हुँदै जान्छ, त्यसको परिपूर्ति पौष्टिक आहारबाट गर्नुपर्छ र नपुग सप्लिमेन्ट प्रयोग गर्न सकिन्छ।

केहि अध्ययनका आधारमा सप्लिमेन्टहरु निरन्तर उपभोगबाट निम्न सकारात्मक असरहरु देखिन्छ ।

* सप्लिमेन्टहरु कमसल आहारको पुरक हुन सक्छन् ।
* आवश्यक पोषणका लागि धेरै खानु पर्ने झन्झटबाट मुिक्त ।
* मुल्यवान गुणस्तरिय सप्लिमेन्टहरु ।
* सप्लिमेन्टहरुजिवाणुसग प्रतिरोध गर्न सक्ने ।

सप्लिमेन्टको प्रयोगका नकारात्मक पक्ष
एक अध्ययनका अनुसार शरीरलाई बास्तविक रुपमा आवश्यक भन्दा अधिक सप्लिमेन्टको उपभोगले नकारात्मक असरहरु हुने सम्भावना रहन्छ । जस्तैः भिटामिन ए आवश्यक भन्दा बढी उपभोगका कारणबाट टाउको दुखाई लिभर फेल र हड्डि खिइने समस्याहरु देखिन्छ । G2004 मा एफडीएले गरेको एक अध्ययनले सप्लीमेन्टहरूमा हुने अप्राकृतिक चीजहरूले शरीरको लागि हानिकारक हुन सक्ने भनेको छ । फूड डाई ती मध्ये एक हो । फुड डाईलाइ क्यालिफोर्नियाको प्रस्तावमा अबलअभच टछ मा क्यान्सर बनाउन सक्ने तत्व मानिएको छ। प्रि वर्क आउट सप्लिमेन्टहरुमा प्राय भेटिने सिलिकन डाइअक्साइड एक रसायन हो जुन विभिन्न रसायनहरुलाइ एक अर्कामा टाँस्न प्रयोग गरिन्छ ।

डा. वनीता अरोड़ा(नया दिल्ली) का भनाई अनुसार उचित परामर्श बिना लामो समयसम्म खेलाडीले प्रोटिन सप्लिमेन्ट र स्टोराइडको उपभोगका कारण हृदयघात वा कार्डियक अरेस्ट आउन सक्छ । केहि रिसर्चहरुले यसले नियमित प्रयोगबाट फोक्सोको रोग निम्त्याउने भनेर भनेका छन् । सप्लिमेन्टहरुमा अन्य धेरै रसायनहरू समावेश गरिएको हुन्छ जस्को उचित मात्रामा लिइएन वा हाइड्रेटेड गर्दासमस्याहरू निम्त्याउन सक्ने अनुमान विज्ञहरुको छ । यूके मा गरिएको एक अध्ययनमा धेरै सप्लिमेन्ट उत्पादनहरूमा स्टेरोइडहरू मिसाइएका थिए जुन उनीहरूको रासायनिक संरचना र वर्तमान मात्राको आधारमा पर्याप्त औषधीय गतिविधि हुन सक्ने मान्न सकिन्छ । यसले अनजानमै प्रयोगकर्ताहरूलाई तिनीहरूको स्वास्थ्यको लागि गम्भिर जोखिममा पर्न सक्छ । केहि अध्ययनहरुका आधारमा सप्लिमेन्टहरु निरन्तर :-

उपभोगबाट निम्न नकारात्मक असरहरु देखिन् सक्छ।

* अनुहारमा डन्डिफोर आउनुः प्रोटीन पाउडरहरुमा घेरै प्रकारको हार्मोन र बायोएक्टिव पेप्टाइड्स मिश्रण गरिएको हुन्छ जसले सिवम भन्ने तत्व वृद्धि गर्छ । सवमको वृद्धिले अनुहारमा डन्डिफोर आउन सक्छ ।
* पोषण तत्वहरुकोकमी : शरीरमा पोषण तत्वहरुको कमीप्रोटीन पाउडर उपभोगका कारण हुन सक्छ यदि तपाई अण्डा, दूध र मासु जस्ता प्राकृतिक प्रोटीन खाद्य पदार्थोंहरुको उपभोग गर्नु हुन्छ भने यस्ता समस्याहरु कम हुन्छ।

* इन्टेस्टाइनल माइक्रोबायोटाः वे प्रोटीनमालैक्टोफेरिन जस्ता केहीतत्वका स्रोत हुन्छन । जसले पेटसँग सम्बन्धित समस्या हुन सक्दछ ।

* टक्सिकः केही प्रोटीन पाउडरहरु शरीरका लागि हानिकारक हुन सक्छन । जसले टाउको दुख्ने थकाई लाग्ने, कब्जियत र मांसपेशिहरुमा दुखाइको कारण बन्न सक्छन ।

* इन्सुलिनको तह बढाउने : वर्कआउट पछि प्रोटीन पाउडरको उपभोगले इंसुलिनमा वृद्धि गर्दछ यसरी नियमित इंसुलिनमा हुने वृद्धि शरीरका लागि हानिकारक हो ।
* सप्लिमेन्टहरुमा भनिएको जस्तो बस्तु नहुन पनि सक्छ ।
* प्राकृतिक खानामा भए सरह पोषणहरुको प्रयाप्तता सप्लिमेन्टहरुमा हँुदैन।
* पोषक र ताजा खाना खाने बानी हराउन सक्ने ।
* सप्लिमेन्टको लामो समय प्रयोग पछि शरीरले प्राकृतिक खानाबाट पोषण नलिन सक्छ ।
* सहि मात्रा मिलाउन कठिन हुने ।
* सप्लिमेन्टहरु प्राकृतिक हुदैन ।

निष्कर्ष
हामी स्वास्थ्य र शरीर बनाउनको लागि अनेक सप्लिमेन्ट र कृत्रिम वस्तुहरुमा निर्भर भइसकेका छौं । कुनै बिशेष सप्लिमेन्ट बिना हामीमा शक्ति नै आउँदैन भन्ने भ्रममा बस्न बाध्य भएका छौं। धेरै सप्लिमेन्ट खाएर ठूलो ज्यान बनाउन सकिन्छ भन्नु र थोरै काम गरेर धेरै पैसा कमाउन सकिन्छ भन्नु उस्तै उस्तै हो। यसमा फस्ने भनेको ज्यादातर भर्खरको युवा युवतीहरु नै हुन्। अहिलेको बजारले कर्मठ हुन सिकाउन छाडेका छन्, केवल सपना बाँड्न र बेच्न सिकेका छन्। सचेत त बुझक्कडहरु हुनुपर्ने हो, यूवाको त मनस्थिति नै गिलो हुन्छ काँचो माटो जस्तो । बुझक्कड समाजले जस्तो चित्रण गर्छ ।

यूवावर्गले त्यस्तै मनस्थिति प्रत्यारोपण गर्छ सिंगारिएका विज्ञापन हेरी लेभिएर छोटो बाटो नरोज्नुहोस् । स्वास्थ्यको लागि कुनै छोटो बाटो छैन। हाम्रो शरीर एकछिनको लागि मात्र बनेर पुग्दैन, स्वस्थ शरीर हामीलाई बाँचुञ्जेल चाहिन्छ । छिटो छरितो नतिजा दिलाउने वस्तुहरु प्रयोग गरे पनि त्यसको नतिजा जीवनभर रहन्न, एकछिनको सन्तुष्टिको लागि मात्र भए कसैले रोक्न सक्दैन तर सधैं छोटो बाटो अप्नाउने बानी परे त्यसले शरीर र मानसिकतामा प्रतिकूल असर त अवश्य नै पार्छ । पुनः त्यहि नियमित व्यायाम, सन्तुलित आहार र बिश्राम मै फर्किनुपर्छ । त्यसकारण छोटो समयमा उपलब्धि हासिल गर्न छिटो र छरितो तरिका भन्दा निरन्तर स्वास्थ्यको लागि लागिरहने वाचा गर्नुहोस्खाना, व्यायाम र आराम भनेको पटरी जस्तो हो जसको समानान्तर संयोजन हुन आवश्यक छ ।

हाम्रो शरीरलाई पनि कृत्रिम वस्तुहरुको नाकाबन्दी लगाइदिउँ त, हाम्रो शरीरले पनि उत्तिकै शक्तिको उत्खनन् गर्न बाध्य हुन्छ र आफ्नो क्षमताको वास्तविक उजागर गर्छ।आफ्नो शरीरको बोसो घटाउन र शरीरलाई क्षणिक राम्रो देखाउन जनावरको विभिन्न रोगको औषधी आफ्नो शरीरमा छिर्न नदिनुहोस् र फ्याट लस जनावरको रेसबाट अलग्गिनुहोस् । कुनै पनि सप्लिमेन्ट जादूको पिल्स वा पाउडर हुँदैन, राम्रोसँग ट्रेनिङ गर्न जानेन भने जति महँगो सप्लिमेन्ट खाए पनि शरीरले लिंदैन र ज्यान बन्दैन । स्वस्थकर खानेकुराहरुमा स्थायी ताकत हुन्छ । आफै निर्णय गर्नुहोस् अस्थायी ज्यान चाहिएको छ कि स्थायी ज्यान, स्वास्थ्य र ताकत ? जय शारीरिक सुगठन ! -लेखक जिल्ला शारीरिक सुगठन फिटनेस संघ, रुपन्देहीका अध्यक्ष हुन्।

प्रतिकृया दिनुहोस्

Flash News

निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय