ताजा अपडेट »

बढ्यो सुनको मूल्य : तोलाको ९७ हजार ६ सयमा कारोबार

विहीबार, ११ भदौ २०७७, १२ : ०७
6 Shares

बुटवल । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार केहि दिनदेखि लगातार बढेको सुनको मूल्य बिहीबार प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।