ताजा अपडेट »

दाङमा थपिए १६ कोरोना संक्रमित

बुधबार, १० भदौ २०७७, १७ : ४७
10 Shares

दाङ । दाङको तुलसीपुर र घोराहीमा गरी बुधवार १६ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन । तुलसीपुरबाट संकलन गरिएको १०३ जनाको स्वाव परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

जस मध्ये ३ जना केहि समय अघि भारतबाट आएका व्यक्ति हुन । उनिहरु तुलसीपुरको वडा नम्बर १० का ५७ वर्षका एक पुरुष, वडा नम्वर १७ का १७ बर्षिया युवती र ३ नम्बरका ४१ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएके तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । उनका अनुसार अन्य होम क्वारेन्टाइन बसेका र कन्ट्याक्ट ट्रेसिङका गरि ४ जनामा कोरोना देखिएको हो । उनीहरु मध्ये वडा नम्बर ५ का ६२ वर्षिया एक महिला, वडा नम्बर ६ का क्रमश २५ र ४१ वर्षका दुई जना र वडा नम्बर ११ का ३६ बर्षिय एक पुरुषमा कोरोना देखीएको फोकल पर्सन केसीले जानकारी दिएका छन ।

यस्तैगरी घोराहीमा ९ जनाको कोरोना देखीएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ का ४१ वर्षिय एक पुरुष, वडा नम्वर ११ का ३३ वर्षका पुरुष, वडा नम्वर १४ का ३ बर्षिया बालिका सहित २५ र ५० बर्षिया महिला, वडा नम्वर १५ का १८ महिने बालिका सहित २३ र ३८ का पुरुष र वडा नम्वर १८ का २७ बर्षिय एक पुरुषमा पनि कोरोना देखीएको छ । उनीहरु सवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट स्वाव संकलन गरिएको थियो । यस्तैगरी प्युठान जिल्लाको एरावती गाउँपालिका, प्युठान नगरपालिका र नौबहीनी गाउँपालिकाका गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानमा राजपुर गाउँपालिकाबाट संकलन गरिएको ५७ जना र् बबई गाउँपालिकाबाट संकलन गरिएको एक जनाको कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएको जनाईएको छ । दाङ र प्युठानबाट संकलन गरिएको २८७ जनाको स्वाव परिक्षण गर्दा २६३ जनाको रिपोट नेगेटिभ आएको हो भने २४ जनामा कोरोना देखीएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।