१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उल्लेख्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१० अङ्कले बढेर एक हजार ४६२.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.७७ ले वृद्धि भई २९८.७४ मा पुगेको छ ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा सात दिन थप गरेको भएपनि बजारमा त्यसले कुनै प्रभाव पारेको छैन । कूल १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० मा कारोबार भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेका छन् भने १० उपसमूहको शेयरमा भने वृद्धि भएको छ । व्यापार १.१३ र जीवन बीमा १७.९७ अङ्कले घटेको छ ।

बैंकिङ २२.९३, होटल ३.४, विकास बैंक २५.०४, जलविद्युत् ११.२५, वित्त १.२७, निर्जीवन बीमा ५१.६२, उत्पादन ७.३५, अन्य १७.२९, लघुवित्त ४१.१४ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ । स्टकका अनुसार कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ३४ करोड ९२ लाख ५४ हजार ८२३ बराबरको कारोबार भएको छ । यस्तै, नेको इन्स्योरेन्स रु १३ करोड ७८ लाख ७७ हजार २४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५२ लाख १० हजार ४८३, एनआइसि एशिया बैंक रु १० करोड ४० लाख ९६ हजारर ७६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड २९ लाख ८५ हजार ७६४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ ।

नेपाल फाइनान्स कम्पनी ७.४७, नेपाल पुनरबीमा कम्पनी ५.९५, स्वाभिमान लघुवित्त ५.३५, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ५.०४ र प्रभु बैंकका लगानीकर्ताले ४.८० प्रतिशतले कमाएका छन् । त्यस्तै, समृद्धि फाइनान्स ९.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.९४, आँखु खोला जलविद्युत् कम्पनी ३.६४, अरुण काबेली हाइड्रोपावर ३.३१ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

चितवन मेडिकल कलेजमा तोडफोड, १० जना पक्राउ दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार