ताजा अपडेट »

बुटवलका १० जना कैदीमा कोरोना संक्रमण

बुधबार, १० भदौ २०७७, १७ : १७
12 Shares

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खड्कबहादुर खड्काका अनुसार मंगलबार स्वाब संकलन गरिएका १० थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् ।

ईलाका प्रहरी कार्यालयको हिरासतमा २७ जना थुनुवा रहेका छन् । थुनुवालाई संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालयमा सतर्कता अपनाइएको छ । थुनुवालाई नै कोरोना संक्रमण देखिएपछि मुद्दाको अनुसन्धान र कारवाही प्रक्रिया अन्योलमा परेको छ । म्याद थप र मुद्दा बुझाउने विषयमा अदालत र सरकारी वकिलसँग परामर्श गरिने खड्काले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।