ताजा अपडेट »

रुपन्देहीमा थपिए २५ कोरोना संक्रमित

बुधबार, १० भदौ २०७७, १६ : २१

बुटवल । रुपन्देहीमा थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीमा अनुसार थपिएका संक्रमित मध्ये १ जना महिला र २४ जना पूरुष रहेका छन् ।

थपिएकाहरु बुटवल उपमहानगरका ६ जना, तिलोत्तमा नगरपालिकाका १ जना, देवदह नगरपालिका १ जना, सिद्धार्थनगरपालिकाका १६ जना र सियारी गाउँपालिकाका १ जना रहेका छन् ।

यो सँगै जिल्लाका संक्रमितको संख्या ७६० पुगेको छ । रुपन्देहीमा हालसम्म ४०८ जना संक्रमित उपचाररत छन् भने ३४६ जना उपचारपछि निको भएका छन् । जिल्लामा कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाईसकेका छन् ।

हेर्नुहोस् थप विवरण :-

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।