ताजा अपडेट »

बुटवल १७ मा लकडाउनको अवज्ञा, स्थानीय त्रसित

बुधबार, १० भदौ २०७७, १६ : ४१
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गरेको निशेधाज्ञा बुटवल १७ रानीगञ्जमा भने कत्तिपनि पालना भएको छैन्। बुटवल उपमहानगरपालिकाले जारी गरेको सुचनामा पैदल हिड्न समेत नपाइने भनेको भएपनि बिहानदेखि बेलुकासम्म अटो रिक्सा, पिकअप भ्यान, मोटरसाइकल, ड्राइभिङ सेन्टरका लगायतका विभिन्न यातायातका साधन चल्दा लकडाउनको धज्जी उडाएको बुटवल १७ रानीगञ्जका स्थानीय बासिन्दा रमेश रानाले बताए।

तिनाउ पारी बुटवल वडा नं ११मा कोरोना संक्रमणको हटस्पट भएको भएपनि यस रानीगञ्जमा सुरक्षा निकायको उपस्थिति सुन्य बराबर भएको समेत बताए । साथै उहाँले अतिआवश्यक खाद्यान्न र तरकारी बिक्री वितरण गर्न बिहान र बेलुका २ घण्टाको समय तोकिएको भए पनि सम्पूर्ण बजार खुलेपछि जनजीवन त्रसित बनेका रानाले बताए। अर्का स्थानीय बासिन्दा हरिलाल चौधरीले रानीगञ्जका जन्ता प्रायजसो ज्याला मजदुरी गरेर आफ्नो जिविका चलाउने भएको हुनाले र बाहिरी जिल्लाबाट भाडामा बस्दै आएकाको संख्या समेत अत्यधिक मात्रामा रहेको हुनाले रानीगञ्ज कोरोना संक्रमण उच्च जोखिममा रहेको बताउनुभयो। साथै उहाँले यस क्षेत्रमा होटल,लज, हाडवेयर, ग्यारेज,स्यालुन, टेलरिङ्ग सेन्टर, ब्युटी पार्लर,मोबाइल सेन्टर ,ठेलामा मम चाउमिन पसल समेत दिनभर खुला भएको हुनाले बुटवल उपमहानगरपालिका रानीगञ्जमा लकडाउनमा पूर्ण रूपले असफल भएको बताए।

साथै रानीगञ्जमा लकडाउनको समयमा भवन निर्माणका क्रममा ठेकेदारहरुले कामदारको सुरक्षाका निम्ति न्युनतम आवश्यक सुरक्षाका लागि मास्क समेत व्यवस्था नहुँदा जोखिम मोलेर काम गरेको भवन निर्माणका खटिएका १३ जना मध्येका एक कामदार लौटन चौधरीले बताउनुभयो।बुटवल उपमहानगरपालिका प्रहरी एक÷दुई दिनमा मोटरसाइकलमा आएको तर पूर्णरुपमा बन्दाबन्दिको पालना यस रानीगञ्जका जनताले अनुभूति गर्न नपाएको भन्दै यस घना बस्ती भएको ठाउँलाई नगरपालिकाले प्रहरी बिट स्थापना गरिदिनुहुन समेत चौधरीले अनुरोध गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।