९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

बुटवल । प्रदेश ५ को प्रदेशसभामा सवारी मर्मतलगायतमा देखिएको अनियमितता बारे अख्तियारले अनुसन्धान सुरु गरेको छ । प्रदेशसभामा सवारी मर्मतमा अस्वाभाविक बिल आएको विषयमा विभिन्न सञ्चार माध्यम तथा लेखा समितिमा कुरा उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले अनुसन्धान थालेको हो ।

Advertisement

सवारी मर्मत खर्चको सम्पूर्ण विवरण माग्दै पत्र पठाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले बताए । गत वर्ष सवारी साधन खरिद प्रकरणले चर्चा पाएको प्रदेश ५ को प्रदेश सभामा गाडी मर्मतको बिल अस्वभाविक बनाउने देखि नियमविपरीत घरभाडा लिनेसम्मका काम भएका भन्दै सार्वजनिक लेखा समितिले प्रश्न उठाएको छ । प्रदेशसभा सार्वजजिक लेखा समितिले प्रदेशसभा सदस्य बैजनाथ कलावरको नेतृत्वमा छानविन उपसमिति गठन गरेको छ ।

सवारी साधन मर्मतसम्बन्धी सम्पूर्ण बिलको नम्बर, खर्च भएको मिति, मर्मत गरेको ग्यारेजको नामसहित विस्तृत फाइल मगाएर छानविन गरिरहेको कलवारले बताए । प्रदेश सभा सचिवालयका कर्मचारी, गाडी चालक र वर्कशपको मिलेमतोमा सवारी मर्मतमा अनियमितताको आशंका रहेको लेखा समिति सभापति डिल्ली चौधरीले बताए । उपसमितिले समितिमा हालसम्म पनि प्रतिवदेन भने पेस गरेको छैन ।

लेखा समिति सभापति चौधरीले लकडाउन खुलेपछि समितिको बैठक बस्ने र त्यसैमा प्रतिवदेन आउने बताए । प्रदेशसभामा रहेका गाडी मर्मतबापत यो आर्थिक वर्षमा ४५ लाख रुपैयाँको बिल आएको छ । विलमा गत बर्ष भन्दा धेरै आएको देखिन्छ । गतबर्ष पनि प्रदेशसभामा गाडी खरिद प्रकरणमा बजार मूल्य भन्दा धेरै रकमा खरिद गरेको भन्दै लेखा समितिले झन्डै ६० लाख रुपैयाँ कम्पनीलाई दिनबाट रोकेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन