ताजा अपडेट »

दाङका यातायात व्यवसायी संस्थाद्वारा कार्यगत एकताको पहल

बुधबार, १० भदौ २०७७, १४ : ५०
34 Shares

तुलसीपुर । दाङमा यातायात व्यवसायीहरुको हितको लागि कार्यगत एकताको पहल सुरु भएको छ । जिल्लाका क्रियाशिल विभिन्न १३ वटा यातायात प्रालिहरुको प्रतिनिधित्व हुने गरी गठित दाङ जिल्ला संयुक्त यातायात समितिले जिल्लामा कार्यगत एकताको लागि विगतदेखि नै पहल सुरु गरेको छ । जिल्लामा धेरै यातायात व्यवसायी प्रालि भएको हुँदा अस्वस्थ्य प्रतिष्पर्धा हुने गरेको छ ।

यसलाई रोक्नका लागी यस्तो कदम चालिएको समितिका संयोजक घनश्याम बस्नेतले बताएका छन् । कार्यगत एकता नहुदा भाडामा एकरुपकता नहुनु, डायल प्रणाली फरक फरक हुनु, यात्रुहरु तानातान गर्नु जस्ता विविध समस्या भएकाले अबदेखि एउटै डायलमा गाडी चलाउने गरी कार्यगत एकताको प्रयास भएको अध्यक्ष बस्नेतले बताएका छन् । यस्तो रणनितिका बारेमा दुई वर्ष अघि देखी जिल्लामा पटकपटक छलफल र बार्ता गरेको उनले बताएका छन् ।

तर त्यतिबेला सम्भव नभएको र अहिले यस विषयमा सवै प्रालि सकारात्मक भएको समितिका अध्यक्ष बस्नेतले बताएका छन् । यो कार्यगत एकता गर्दा सवैलाई फाईदा हुने र अस्वस्थ्य प्रतिष्पर्धाको अन्त्य हुने उनको भनाई छ । कार्यगत एकता भएमा सवै गाडी आलोपालो गरी चलाउने, निर्धारण गरेको भाडामा एकरुपता हुने, सवारी दुर्घटना न्युनीकरण हुने र यातायात मजदुरहरुलाई समेत अनुशासित बनाउन मद्दत पुग्ने उनको विश्वास छ । यसरी मिलेर जादा कसैलाई घाटा र कसैलाई फाईदा हुने भन्ने कुराको अन्त्य हुने र सवैलाई समान व्यवहार हुने उनले बताएका छन् । कार्यगत एकता हुँदा व्यवसायी र यात्रुहरु मारमा नपर्ने हुदा यसका लागि सबै प्रालि लगभग सहमत भईसकेको उनले बताएका छन् ।

यस्तैगरी निगरानी र अनुगमन गर्न पनि सहज हुने जनाईएको छ । साथै प्रालिका अध्यक्षहरुको रायबमोजिम आफुहरुले कार्यगत एकताको लागी विभिन्न विषय बस्तुलाई समेटेर ढाँचा, निति नियम र तर्जुमा तयार पारेको उनले बताएका छन् । यो सहकार्यका लागी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटि, नेपाल यातायात मजदुर संघको पनि विशेष पहल रहेको समितिले बताएको छ । दाङमा यातायात व्यवसायीहरु विच कार्यगत एकताका लागि आज प्रालिका अध्यक्ष स्तरिय बैठक बस्ने भएको छ ।

दाङमा १३ वटा प्रालि
दाङमा विगतमा यातायात व्यवसायी समिति सिमित भएकोमा सरकारले प्रालिको अवधारण ल्याएपछि धेरै प्रालि सन्चालनमा रहेका छन् । जिल्लामा त्रिशिद्धेश्वरी राप्ती यातायात प्राली, नमस्ते राप्ती यातायात प्राली, सहारा यातायात प्राली, राप्ती यातायात सेवा प्राली, मालिकाकालिका यातायात प्राली, सार्वजनिक मालिका यातायात प्राली, राप्ती जनता प्राली, तुलसीपुर यातायात प्राली, चन्द्रसुर्य यातायात प्रालि, पाण्डवेश्वरी यातायात प्रालि, रोयल देउखुरी यातायात प्राली, साथीभाई यातायात प्रालि र अम्विकेश्वरी यातायात सेवा प्रालि सन्चालनमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।