ताजा अपडेट »

काेराेना संक्रमितकाे घरदैलोमा पुग्दै जनप्रतिनिधि

बुधबार, १० भदौ २०७७, १३ : ५०
4 Shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा समुदाय स्तरमा काेराेना भाइरस फैलिएपछि समाजमा त्रास बढिरहेको छ । समुदायस्तरमानै कोरोना फैलिएपछि गाउँपालिकामा होम आइसोलेशनमा बस्ने मानिहरूकाे संख्या बढिरहेको छ।

होम आइसोलेशन र गाउँपालिकाले निर्माण गरेको अन्य आइसोलेशनमा बसेका कोरोना संक्रमितहरुको गुनासो सुन्न र अवस्था बुझ्न शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ का वडाअध्यक्ष राजेन्द्र कंडेल आयुर्वेद औंषधी र पौष्टिक आहार बोकेर आआइसोलेशनमा पुगेका छन। होम आइसोलेशनमा बसेका ३ जना, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको आइसोलेशनमा रहेका २ जना र मोतिपुर स्वास्थ्य केन्द्रका २ जनालाई भेट्न गाउँपालिका प्रवक्ता सहित स्वास्थ्यकर्मिको टोलि पुगेको हो। यसैगरी यज्ञोदयको क्वारेन्टिनमा रहेका १२ जनालाई पनि आयुर्वेद औषधी र पौष्टिक आहार वितरण गरिएको छ।

आइसोलेशनमा बसेका संक्रमितको आत्मबल बढाउन आयुर्वेद औषधी लगायत अन्य पौष्टिक सामाग्रीहरु सहित घरमा पुगेको गाउँपालिका प्रवक्ताले बताए । संक्रमित र संक्रमितको परिवारलाई समाजले अपहेलनाको दृष्टिले हेर्न थालेपछि सामाजिक सचेतनाका लागि पनि घरदैलो गरिएको प्रवक्ता कडेलको भनाइ छ। स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको वैकल्पिक उपचार पद्दतिमा आयुर्वेद ओखती बोकेर आइसोलेसनमा प्रवक्तासहितको टोली नै आएपछि संक्रमितमा मनोबल बढेको छ ।

भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाइएको र अरूलाई पनि अपनाउन अपिल गरिएको थियो । प्रवक्ता सहित गाउँपालिकाका आयुर्वेद शाखाप्रमुख परम्सु ढकाल लगायत अन्य स्वास्थ्यकर्मी आइसोसनमा पुगेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।