ताजा अपडेट »

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

बुधबार, १० भदौ २०७७, १२ : ३९
2 Shares

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका-११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उहाँको भन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो ।

मृतको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताउनुभयो । फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उहाँलाई कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमित उपचारत रहेको र उहाँहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।