ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा स्कूटर दुर्घटना ,एक जनाको मृत्यु

बुधबार, १० भदौ २०७७, ११ : ३०
18 Shares


बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गयराति तिलोत्तमा नगरपालिका–२ स्थित सिता राइस मिल नजिक बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कूटर अनियन्त्रीत भई पल्टँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कूटरका चालक तिलोत्तमा नगरपालिका-१, का ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा मणिग्राम स्थित क्रिमशन अस्पतालमा गयराति नै मृत्यु भएको हो ।

यसअघि तिलोत्तमा नगरपालिका- २, हुन पुगेकोमा सच्चाईएको छ । - सम्पादक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।