९ आश्विन २०७९, आईतवार

Sep 25, 2022


इलाम । झापा विर्तामोडका भोजराज श्रेष्ठले दुई वर्ष भूमिगत जीवन बिताउनुभयो । समाज परिवर्तनका लागि भोजराजले साथी/सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताउनुप¥यो । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन । खुला राजनीतिमा आए पनि कृषि क्रान्तिबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने भोजराजलाई लाग्यो ।

Advertisement

यसपछि भोजराज यही उद्देश्य लिएर नयाँ जीवन जिउनका लागि घर सर्नुभयो । नयाँ किसिमको खेतीबाली गरेर जीविकोपार्जन गर्न भन्दै उहाँ झापाबाट इलाम सर्नुभयो । उहाँलाई सेना÷प्रहरीमा जागिर खानका लागि पनि प्रस्ताव नआएको होइन तर हतियार बोकेर वाक्क हुनुभएका भोजराजलाई फेरि त्यही काम गर्न जाँगर आएन । शुरुमा झापामै केही व्यवसाय गर्ने सोच पनि आएकोे थियो तर छोराछोरीको भविष्य र पारिवारिक जिम्मेवारी थेग्न त्यो व्यवसायले खाँचो टार्ने देखिएन ।

यत्तिकैमा एक दिन भोजराजकै एक साथीले कफीखेती गर्ने सल्लाह दिए । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि भोजराज झापा छाडेर इलाम उक्लिनुभयो । चियाको प्रख्यात जिल्ला इलाममा त्यसबेला धेरैलाई कफीको बारेमा पत्तै थिएन । चिया नै चियाले घेरिएको ठाउँमा एक्ला भोजराजले कफीको शुरुआत गर्नुभयो ।

पहिलो गाँसमै ढुङ्गा

आफ्नो पुख्र्यौली घर रहेको इलाम नगरपालिकाको गोदकमा जग्गा ठेक्कामा लिएर भोजराजले कफीखेती शुरु गर्नुभयो । केही साथीसँग मिलेर खेती पनि गर्नुभयो तर आम्दानी भने सोचेजस्तो भएन । कफीका लागि आवश्यक हावापानी नमिलेपछि भोजराजको लगानीसमेत उठेन । शुरुमा सोधखोजै नगरी गरेको खेतीबाट फाइदा हुने छाटँकाँट देखिएन ।

आम्दानी राम्रो नभए पनि भोजराजले हिम्मत भने हार्नुभएन । उहाँले यो ठाउँमा एबोगार्डो, लिचीखेती गर्नुभएको छ तर भोजराजले कफीखेती भने रोङ गाउँपालिकास्थित लक्ष्मीपुरमा गर्दै हुनुहुन्छ । दुई वर्षअघिदेखि लक्ष्मीपुरमा शुरु भएको कफी भने आशलाग्दो देखिएको छ । गाउँमा नयाँ खेती शुरु भएपछि भोजराजलाई पछ्याउँदै अरूले पनि कफीखेती थालेका छन् । भोजराजले ३० रोपनी जग्गामा कफी लगाउनुभएको छ । “रु १५ लाख लगानी गरेँ, आम्दानी उठ्ने बेला भएको छैन”, भोजराजले भन्नुभयो, “विरुवा बेचेर अलिअलि कमाउँदै छु तर आम्दानी राम्रै हुने देखिएको छ ।” भोजराजले निकट भविष्यमै त्यो क्षेत्रमा २०० रोपनीमा कफीखेती गर्ने योजना बनाउनुभएको छ ।

जिल्लाभरि कफीको सम्भावना

चियाखेती भइरहेको इलाममा भोजराज भने कफीमा प्रशस्त सम्भावना देख्नुहुन्छ । गाउँमा खेती नगरी छाडिएका पाखा÷पखेरामा पनि मौसम मिले कफीखेती गर्न भोजराजको सुझाव छ । कफीमै भविष्य देख्नुभएका भोजराजले आउँदो वर्ष इलामको माङ्सेबुङ गाउँपालिकामा पनि खेतीको योजना बनाउनुभएको छ ।

आफूले गरेको कफीबाट प्ररेणा पाएर अरू क्षेत्रबाट पनि कफीका लागि अनुरोध आउन थालेको भोजराज बताउनुहुन्छ । “इलाममा चियाबाट भन्दा कफीबाट बढी फाइदा लिन सकिन्छ”, भोजराज भन्नुहुन्छ, “कफीको राष्ट्रिय माग पूरा गर्न पनि कफी लगाउनुपर्छ ।” भोजराजका अनुसार अहिले नेपालका पूर्वी पहाडी क्षेत्रमा स्थानीय कफी भन्दै भारतीय कफी बेच्ने गरेकाले त्यसको दुरुत्साहनका लागि पनि खेती गर्नुपर्ने देखिन्छ । एउटा कफी क्याफेमा नै मासिक १० किलो चेरी ९कफीको बोक्रा पेलेर फ्याकेपछिको भित्री भाग० लिने गरेकाले स्थानीयस्तरमै बजार राम्रो रहेको भोजराज बताउनुहुन्छ ।

अनुदानभन्दा कृषि ऋणलाई प्राथमिकता दिँदा उचित

पछिल्लो समय सरकारले व्यावसायिक कृषि उद्यम गर्नेलाई प्रेरणा र सहयोगका लागि अनुदान वितरण गर्दै आएको छ तर कफी किसान भोजराज भने अनुदान पहुँचवाला र नेतृत्व निकटलाई दिइने भएकाले कृषि ऋणमा प्राथमिकता दिनु उचित देख्नुहुन्छ । साना अनुदान किसानले पाए पनि ठूला अनुदानमा भने वास्तविक किसानका हात नपर्ने गरेको भोजराजको भनाइ छ ।

इलाम पनि यो समस्याबाट अछुतो नरहेको भन्दै भोजराज किसानलाई प्रोत्साहनस्वरुप ऋण दिन अनुरोध गर्नुहुन्छ । “यसै वर्ष पनि मैले रु दुई लाख अनुदान पाएँ तर ठूलो अनुदान किसानले पाउँदैनन्”, भोजराज भन्नुहुन्छ । पछिल्लो समय स्थानीय सरकारले कृषिमा उत्प्रेरणाका कार्यक्रम ल्याएकाले कृषिमा प्रोत्साहन भएको भोजराज बताउनुहुन्छ । स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर युवालाई किसान र उद्यमी बनाए स्वरोजगार बन्न सकिने भोजराजको भनाइ छ ।

उत्पादनमा इलाम प्रदेशकै उत्कृष्ट

पछिल्लो समय कफीमा किसान जागरुक हुन थालेपछि कफीमा समेत इलाम उत्कृष्ट बन्दै आएको छ । खेती प्रणाली मिलेको, स्थानीय सरकार र कफी बोर्डबाट बिरुवासमेत उपलब्ध हुन थालेपछि किसान कफीको व्यावसायिक खेतीमा लागेका हुन् ।

एक सर्वेक्षणअनुसार इलाम कफी उत्पादनमा प्रदेश नं १ कै उत्कृष्ट जिल्ला हो । प्रदेश नं १ को ३४ दशमलव सात हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेकामा १० दशमलव तीन प्रतिशत हेक्टर क्षेत्रफलमा भने इलाममै खेती हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन