९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ। भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ। यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रति ४ घण्टामा एक जनाको ज्यान जान थालेको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार, साउनसम्म कोरोनाका कारण मृत्युदर ०.४ प्रतिशत थियो। अहिले वृद्धि भई ०.५ प्रतिशत पुगेको छ। साउन ३२ गतेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ४ थियो। मंगलबार १ सय ६४ पुगेको छ। नेपालमा संक्रमितको पहिलो मृत्यु जेठ २ गते भएको थियो।

मंगलबार काठमाडौंका ३ सहित ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका काठमाडौंकी ७४ र ७१ वर्षीया महिलासहित ६६ वर्षीय पुरुषको निधन भएको हो। त्यस्तै धनुषाका ७६, पर्साका ६८, रूपन्देहीका ५६ र सिरहाका २२ वर्षीय पुरुषको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये सबैभन्दा बढी प्रदेश २ का छन्। प्रदेश २ का हालसम्म ६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो। वाग्मती प्रदेशमा चिनियाँ नागरिकसहित ३५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा २२, प्रदेश १ मा १९, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ८/८ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना छन्।

हालसम्म सबैभन्दा बढी भदौ ५ गते ११ जनाको मृत्यु भएको छ। भदौ ८ गते १० जनाको ज्यान गएको छ। त्यस्तै भदौ ९ गते ७ जनाको ज्यान गएको छ। १० दिन सातायता संक्रमणदर वृद्धि हुनुका साथै मृत्युदर पनि बढेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार मृत्यु हुनेमा पहिलादेखि दीर्घ समस्यासँग जुधिरहेका र औषधि सेवन गरिरहेका व्यक्ति छन्। संक्रमण ६० वर्षभन्दा कम उमेरकामा बढी भए पनि मृत्युदर भने त्यसभन्दा बढी उमेरमा बढी छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार, कम संक्रमित भएकै उमेर समूहमा मृत्युदर बढी हुनु गम्भीर संकेत हो। ‘समुदायमा फैलँदै गएको खण्डमा मृत्युदर झन् बढ्न सक्छ’, उनले भने। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य