ताजा अपडेट »

तिनाउ मिसन बैंकद्वारा २.२५ प्रतिशतसम्म छुट

मंगलबार, ०९ भदौ २०७७, २१ : ५१
4 Shares

बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आफ्ना सबै ऋणीहरुलाई व्याजदरमा २.२५ प्रतिशतसम्म छुट दिने भएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको डेभलपमेण्ट बैंकले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको असरबाट आफ्ना ऋणी ग्राहकहरुलाई पर्न गएको आर्थिक भारलाई महशुस गरि ऋणी ग्राहकहरुलाई राहत दिने उद्देश्यले ब्याजदर घटाइ दिएको जनाएको छ।

विकास बैंकले यस अगाडि नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी भएको परिपत्र अनुसार २०७६ चैत्रमा ब्याज भुक्तनी गरेका ऋणीहरुको ब्याजमा दिनुपर्ने १० प्रतिशत छुट र २०७७ बैशाख १ देखि आषाढ मसान्तसम्मको ३ महिनामा तोकिएका क्षेत्र बाहेकका ऋणीहरुलाई ब्याजदरमा दिनुपर्ने २ प्रतिशतले हुने रकम रु. ४ करोड २० लाख जति छुट प्रदान गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी दिए ।

यसरी बैंकले विश्वब्यापी रुपमा विगत ६ महिनादेखि आफ्नो पेशा र ब्यवसायहरु निरन्तर रुपमा चल्न नपाई आर्थिक भारमा परेका आफ्ना ऋणी ग्राहकहरुमध्ये असल वर्गमा परेका सम्पूर्ण ऋणीहरुको ब्याजदरमा पुनः २.२५ प्रतिशतसम्मले ब्याजदर घटाई सहुलियत प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।बैंकले हाल ७ वटा जिल्लाक ाविभिन्न ग्रामिण एवम् शहरोन्मुख क्षेत्रमा खोलिएका ५३ वटा शाखा कार्यालयहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्गक सेवा प्रवाह गर्दै आएको छ ।

त्यसैगरी लघुवित्तको माध्यमबाट समेत विभिन्न सेवा र सुविधाहरु प्रदान गर्दै आइरहेको बैंकले हालसम्म १६ अरब निक्षेप संकलन गरी १२ अरब ७० करोड कर्जा प्रवाह गरेको छ । विकास बैकले पाल्पाको प्रभास, दाङ्गको लमही र तुल्सीपुर, पश्चिम नवलपरासीको बर्दघाट, पूर्वी नवलपरासीको कावासोती र देवचुली धारापानीमा थप ६ वटा शाखा कार्यालय खोल्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।