ताजा अपडेट »

अर्घाखाँचीमा १७ गतेसम्म लकडाउन थप

मंगलबार, ०९ भदौ २०७७, २१ : ०३
8 Shares

अर्घाखाँची । अर्घाखाँची जिल्लामा भदौ १७ गते सम्म लकडाउन हुने भएको छ । जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज सम्पन्न बैठकले भाद्र ३ गतेदेखि जारी लकडाउन लाई १७ गते राति १२ बजे सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमण समुदाय सम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड-१९ को महामारी बाट सुरक्षित राख्न लगडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । लकडाउनको अबधिमा एम्बुलेन्स ,दमकल,शव-बाहन,सुरक्षाकर्मी ,ईन्धन,ग्याँस,अत्यावश्यक खाद्य पदार्थ ,कृषिजन्य पदार्थ ,पशुजन्य पदार्थ ,स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी रहेका सवारी साधन तथा जिल्ला प्रशासन कार्यालय बाट अनुमानि प्राप्त सवारी साधनहरु बाहेक अरु सबै प्रकारका सवारीसाधन आवत जावत गर्न निषेध गरिएको छ ।

खाद्यान्न पसल,तरकारी तथा फलफूल पसल , माछामासु पसल, दुधडेरी साँझ ३:३० बजे देखि ७ :०० बजे सम्म खुल्ला रहनुका साथै दूध डेरी बिहान ६ बजे देखि ८ बजे सम्म पनि खुल्ला रहने छन् भने अन्य पसल व्यवसाय ,होटल, रेष्टुरेन्ट लगायत संपूर्ण व्यवसाय पुर्ण रुपमा बन्द गरिने जनाईएको । लकडाउनको अबधिमा सरकारी कार्यालय ,बैंक ,बिमा कम्पनी ,वित्तीय कारोबार गर्ने सहकारी संस्था खुल्ला रहेपनि अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगरिने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए ।

लकडाउनको अबधिमा अत्यावश्यक सेवा अन्तरगत नपर्ने कार्यालयमा न्यूनतम संख्यामा कर्मचारी उपस्थित भई काम काज गर्ने तथा सरकारी कार्यालयका कर्मचारीहरु परिचयपत्रको आधारमा आबत जाबत गर्ने व्यवस्था मिलाईएक‍ो सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको सुचना विपरीत कसैले गतिविधि संचालन गर्ने गराउने गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।