९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

खस्यौली । रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ मा एकै घरका चार सहित २३ जनामा आज कोरोना सङ्क्रमण भएको छ । भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालक समेत रहेको उहाँले बताउनुभयो । सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टिनमा बसेकामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना सङक्रमित सो उमेर समूह बाहेक १८ देखि ४५ वर्षसम्मका छन । सङ्क्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ । अध्यक्ष क्षेत्रीले इजाजतप्राप्त बाहेक अन्य सवारी साधन र मानिसलाई हिडडुलमा रोक लगाइएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख राजेन्द्र गिरीका अनुसार आज मात्रै ५४ जना कोरोना सङ्क्रमित थप भएका छन । योसँगै कोरोना सङक्रमितको सङ्ख्या जिल्लामा ७२८ पुगेको छ । जिल्लामा ३४५ निको भएर घर फर्केका छन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन