ताजा अपडेट »

एकैदिन बुटवलमा थपिए २५ कोरोना संक्रमित

मंगलबार, ०९ भदौ २०७७, १८ : २२
14 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितहरु वडा नं. १ का एक जना, वडा नं. ४ का ४ जना, वडा नम्बर ६ का ५ जना, वडा नं. ८ का ३ जना, वडा नं. ११ का ५ जना, वडा नं. १२ का २ जना, वडा नं. १३ का २ जना, वडा नं. १५ का एक जना र वडा नखुलेका २ जना गरि २५ जना रहेका बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दर कुमार सिंहले जानकारी दिए ।

थपिएकाहरुमा १० पूरुष र १५ महिला रहेका छन् । यो संगै उपमहानगरमा संक्रमितको संख्या १९० पुगेको छ । उपमहानगरमा हालसम्म १५१ सक्रिय संक्रमितहरु रहेका छन् भने एक जनाको मृत्यु भईसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।