१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

बुटवल । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ९.३४ बिन्दुले बढेर एक हजार ४४०.९४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ ले वृद्धि भई २९८.९७ मा पुगेको छ ।

Advertisement

कूल १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर रु एक अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० मा खरिद बिक्री भएका छन् । लगातार शेयर बजार उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु १९ खर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ३.०६, उत्पादन ७.२५ र सामूहिक लगानी कोष ०.०१ ले घटेको छ । यस्तै बैंकिङ १.९२, होटल १०.२, विकास बैंक २.७७, जलविद्युत् ९.०५, वित्त १.२, निर्जीवन बीमा ३२.२६, अन्य १८.५७, लघुवित्त २०.०८ र जीवन बीमा १५१.७३ ले बढेको छ ।

कारोबारका आधारमा आज शीर्ष स्थानमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख पाँच हजार ८९८ बराबरको कारोबार भएको छ । यस्तै, नेको इन्स्योरेन्स रु १४ करोड २६ लाख ५५ हजार २०६, सूर्या लाइफ इन्स्योरेन्स रु आठ करोड ४३ लाख ५६ हजार १०५, नेपाल लाइफ इन्स्योरेन्स रु आठ करोड नौ लाख ९७ हजार ३७० र एशियन लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९१ लाख २२ हजार ७५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार नेपाल पुनरबीमा कम्प्नी ७.६९, आशा लघुवित्त वित्तीय संस्था ६.१९ , सूर्या लाइफ इन्स्योरेन्स ५.९१, पञ्चकन्या माइ हाइड्रोपावर ५ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.७४ प्रतिशतले कमाए । त्यस्तै, समृद्धि फाइनान्स यूनियन हाइड्रोपावर ६.५४, नेशनल हाइड्रोपावर ४.९२, पोखरा फाइनान्स २.६१ र रिडी हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले कमाए ।

प्रतिकृया दिनुहोस्

Flash News

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य विश्व पशु दिवस : पशु संरक्षणमा चूनौती ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन् किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता लुम्बिनीको राप्तीसहित दशैंमा देशका केहि नदीमा बाढीको जोखिम भारतका तिब्रगतिका बलर बुमराह विश्वकप बाहिर