२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा नौ फरार अपराधी पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिखित बेइज्जतीमा रु तीन हजार जरिवानासहित एक र जिल्ला प्रहरी कार्यालय कालीकोटबाट चौपाया चोरी मुद्दाका एक जनालाई रु ६४ हजारसहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा जबर्जस्ती करणी र लुटपिट मुद्दाका एकएक र हातहतियार खरखजाना मुद्दाका दुई जना पक्राउ गरी सम्बन्धित अदालतमा बुझाइएको प्रहरी बरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार मुद्दाका दुई जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । यो अभियान निरन्तर अघि बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय