ताजा अपडेट »

थप ८५५ जनामा कोरोना संक्रमण

मंगलबार, ०९ भदौ २०७७, १६ : २७
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ८५५ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ । बितेको २४ घण्टामा थप ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ११९पुगेको छ । देशभर गरी हाल १० हजार ४५३ जना क्वारेन्टिनमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।