९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड —१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन् । प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयले पीसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ । काम गर्ने नभएपछि सो किट प्रयोगशालामै थन्किएको छ । निर्देशनालयले सो किटसँगै एक्सट्रयाक्सन किट पनि भदौ ३ गते प्रयोगशालामा पठाएको थियो ।

Advertisement

निर्देशनालयले पठाएको किटले पीसीआर परीक्षणको नतिजा दिन नसकेको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिए । पिसीआर र एक्ट्रयाक्सन किटले कुनै व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउने काम गर्छन् । सो किटले कोरोना भाइरस पोजेटिभ वा नेगेटिभ नै छुट्याउन नसकेको सह–संयोजक शर्माको भनाइ छ । यसअघि पनि यो किट निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख प्रयोगशालामा पनि पठाएको बुझिएको छ । त्यहाँ पनि काम नगरेपछि फिर्ता भएका सो किट चौरजहारीमा पठाएको सह–सह–संयोजक शर्माले बताए । किटले काम नगरेपछि फिर्ता पठाउने तयारी भैरहेको उनको भनाइ छ । मौखिक जानकारी यसअघि नै गराइसकिएको र लिखित जानकारीसहित किट फिर्ता पठाउने तयारी भैरहेको उनले बताए ।

कर्णाली स्वास्थ्य सेवा निर्देशनालयले भने किट खराब नभएको दाबी गरेको छ । किट खराब भएको होइन, पीसीआर मेशिन र किट म्याच नभएको हुन सक्ने दाबी निर्देशनालयको छ । चौरजहारीमा पठाइएका किट म्याच नभएको जानकारी आएको र उक्त किट फिर्ता मागिएको निर्देशनालयका निर्देशक रीता भण्डारीले बताइन् । यी किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको र सुर्खेतमा काम गरिरहेको निर्देशक भण्डारीको भनाइ छ । मेशिन अनुसार किटले काम गर्ने वा नगर्ने भन्ने सम्भावना हुने भएकाले चौरजहारीमा रहेको पिसीआर मेशिनसँग किट म्याच नभएको तर सुर्खेतमा भने काम भैरहेको उनले जानकारी दिइन्।

यसबीच चौरजहारी प्रयोगशालामा किट अभाव भएको छ । प्रयोगशालामा दैनिक सयौं स्वाब आउने गरेका छन् । तर प्रयोगशालामा किट नरहेको नगरपालिकाले जनाएको छ । प्रदेशले पठाएका किटले काम नगरेको र प्रयोगशालामा रहेका किट सकिएको नगर प्रमुख विशाल शर्माले बताए । किट खरिद गर्न आर्थिक अभाव रहेको उनको भनाइ छ । प्रयोगशाला स्थापनादेखि हालसम्म रु एक करोड ९६ लाख खर्च भएको छ ।

अब नगरपालिका एक्लैले खर्च धान्न सक्ने अवस्था नरहेको प्रमुख शर्माले बताए । रुकुम पश्चिम, सल्यान र जाजरकोटका स्वाब पनि यहाँ नै परीक्षण हुने गरेको छ । अहिलेसम्म यसका लागि कुनै स्थानीय तहले खर्च व्यहोरेका छैनन् । चौरजहारी नगरपालिका-२ स्थित स्थापना भएको पिसीआर प्रयोगशालामा प्रदेश सरकारको केही लगानी भएपनि व्यवस्थापनका सम्पूर्ण कार्य नगरपालिकाले नै गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन