ताजा अपडेट »

कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

मंगलबार, ०९ भदौ २०७७, १० : १२
2 Shares

बुटवल । रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उनको सोमबार राति भीम अस्पताल भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनमा ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । रुपन्देहीमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।