२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

Advertisement

एक महिनामै १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गत ८ जेठसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएकामा ८ असारमा बढेर २२ पुगेको थियो । पछिल्ला आठ दिनमा थप ५० संक्रमितको मृत्यु भएको छ । केही दिनयता लक्षणसहितका संक्रमित थपिन थालेपछि मृतकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत सोमबार ३, मंगलबार ७, बुधबार ६, बिहीबार ६, शुक्रबार ११, शनिबार ११, आइतबार ३ र सोमबार ८ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ जिल्लाका ५ पुरुष र तीन महिला गरी आठ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रूपन्देहीमा मात्र चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला र रूपन्देहीका ६७ वर्षीया महिला, ३८, ५३ र ५४ वर्षीय पुरुष गरी आठ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७ सय ६८ जना पुगेको छ ।काठमाडौं उपत्यकामा सोमबार २२४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौंमा २ हजार ७ सय ५६, ललितपुरमा ४ सय ४४ र भक्तपुरमा २ सय ८६ संक्रमित पुगेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार ८ सय ६ जना उपचारपछि निको भएका छन् । हाल देशभर ११ हजार २ सय ७५ जना क्वारेन्टिनमा बसेका छन् । देशभर हालसम्म १३ हजार ७ सय १५ जना आइसोलेसनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आरटी–पिसिआर प्रविधिबाट ६ लाख १० हजार ४ सय ६९ जनाको कोरोना परीक्षण भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर