१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

नवलपरासी । कोभिड- १९ को जोखिमलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा केराउ, छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा पूर्ण प्रतिबन्ध लगाइएको छ । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको अवैध ओसारपसार र चोरी निकासी बढेपछि जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निषेधाज्ञाका समयमा पनि जिल्लामा वैधअवैध रुपमा हरियो÷सेतो केराउ, छोहडा तथा मरिचको आवश्यकताभन्दा बढी भण्डार र अवैध रुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले आजदेखि उक्त वस्तुको ओसारपसार तथा ढुवानीमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

Advertisement

अब अर्को आदेश नभएसम्मका लागि ती वस्तुको ओसारपसार र ढुवानी गर्न पाईने छैन । निषेधाज्ञा तथा सीमा पूर्णरुपमा बन्द हुँदा पनि नेपाल–भारत सीमा क्षेत्रमा अवैध चोरी तस्करीमा कमी आउन सकेको छैन । देशका विभिन्न नाकाबाट भन्सार गराएर यस्ता वस्तु जिल्लाका विभिन्न स्थानमा रहेका गोदामघरमा आवश्यकताभन्दा अधिक मात्रामा भण्डारण गरी राख्ने तथा रातका समयमा लुकिछिपी भारततर्फ निकासी गराउने कार्य गर्दा शान्तिसुरक्षामा खलल पुग्नाका साथै कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलिन गई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको प्रअिज पाठकले बताउनुभयो । स्थानीय प्रशासन ऐनअनुसार अर्को आदेश नभएसम्मका लागि त्यस्ता वस्तुको ओसारपसार र ढुवानीमा पूर्ण रोक लगाइएको उहाँले बताउनुभयो । उक्त आदेशको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले तत्काल पक्राउ गरी सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यहाँ रातको नौ बजेपछि जिल्लामा हिँडडुल गर्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना अनुसार अव रातीको नौबजेपछि अत्यावश्यक काम परेर बाहिर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्नेछ ।जिल्ला प्रशासन कार्यालयले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएका व्यक्तिलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न पनि आग्रह गरेको छ । त्यसरी बस्न अटेरी गर्ने व्यक्तिलाई निगरानी गरी कारवाही गरीने कार्यालयले जनाएको छ । स्वाव सङ्कलन गरिएका व्यक्ति जथाभावि हिँडडुल गर्दा समुदायमा कोरोना सङ्क्रमण फैलिनुका साथै कन्ट्याक्ट टे«सिङ्मा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी पाठकले बताउनुभयो । स्वास्थ्य कार्यालय वा स्थानीय तहबाट स्वाव सङ्कलन गरिएका व्यक्तिहरुको विवरण प्रकाशन हुनेछ ।

जिल्लामा पछिल्लो समय कोभिड १९ को सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । गाउँपालिका अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न निकायका कर्मचारी तथा सर्वसाधारण गरी जिल्लामा १७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोभिड १९ को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि पश्चिम नवलपरासीमा साउन ३१ गते राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै