ताजा अपडेट »

रुपन्देहीमा थपिए १५ कोरोना संक्रमित

सोमबार, ०८ भदौ २०७७, १८ : १६
14 Shares

बुटवल । रुपन्देहीमा थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीमा अनुसार थपिएका संक्रमित मध्ये ४ जना महिला र ११ जना पूरुष रहेका छन् ।

थपिएकाहरु बुटवल उपमहानगरका ८ जना, तिलोत्तमा नगरपालिकाका ३ जना, मायादेवी गाउँपालिकाका १ जना, सिद्धार्थनगरपालिकाका १ जना र देवदह नगरपालिकाका २ जना रहेका छन् । तर, बुटवल उपमहानगर जनस्वास्थ्य शाखाले भने ५ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

यो सँगै जिल्लाका संक्रमितको ६६७ पुगेको छ । रुपन्देहीमा हालसम्म ३१७ जना संक्रमित उपचाररत छन् भने ३४५ जना उपचारपछि निको भएका छन् । जिल्लामा कोरोना संक्रमणबाट ५ जनाले ज्यान गुमाईसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।