१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

काठमाडौँ । कोरोनाको सङ्क्रमण फेलने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन । आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही लय पछ्याएको छ । कारोबार रकममा समेत बढोत्तरी भएको छ ।

Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २१.२६ बिन्दुले बढेर एक हजार ४३१.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ ले बढेर २९३.१४ मा पुगेको छ । कूल १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर रु दुई अर्ब १३ करोड ९२ लाख दुई हजार ७५ बराबरको कारोबार भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह १.४३ ले घटदा बैंकिङ १६.०८, व्यापार १३.७३, विकास बैंक १७.१६, जलविद्युत् ७.२२, वित्त ३.७, निर्जीवन बीमा १२८.६९, उत्पादन ६४.९१, अन्य १२.३६, लघुवित्त ५५.७३, जीवन बीमा १६२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पुनरबीमा कम्पनीको शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु २१ करोड ६० लाख ४० हजार ९७५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै नेको इन्स्योरेन्स कम्पनी रु १२ करोड ९९ लाख २१ हजार ५१६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड १८ लाख चार हजार ३६९, ग्लोबल आइएमइ बैंक रु ११ करोड ८० लाख २६ हजार ९६६, नेपाल बैंक लिमिटेड रु आठ करोड २७ लाख ८८ हजार ५२६, शिवम् सिमेन्ट रु सात करोड ३८ लाख २२ हजार १३७ र प्रभु इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ९५ लाख ४८ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कर्पोरेट डेभलपमेन्ट बैंक ६.९०, खानीखोला हाइड्रोपावर ६.२५, आरएमडिसी लघुवित्त ५.५०, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५.०८ प्रतिशतले कमाए ।

यस्तै छ्याङदी हाइड्रोपावर २.२५, श्री इन्भेस्टमेन्ट फाइनान्स १.९७, मल्टीपर्पस फिनान्स कम्पनी १.८५, प्रोगेसिभ फाइनान्स कम्पनी १.८५ र राधी विद्युत् कम्पनीका शेयरधनीले १.८५ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र