ताजा अपडेट »

रोट्रयाक्ट क्लब अफ रुपन्देहीको स्थापना दिवससँगै पदस्थापन

सोमबार, ०८ भदौ २०७७, १७ : ४४
4 Shares

बुटवल । रोट्रयाक्ट क्लब अफ रुपन्देहीमा स्थापना दिवससँगै ९ औं पदस्थापन भएको छ । रोटा वर्ष २०/२१ का नयाँ पदाधिकारीहरुले अनलाइन मिटिङ्ग एप्स जुममार्फत आइतबार औपचारिक रूपमा पदस्थापन गरिएको हो । क्लबका निवर्तमान अध्यक्ष रोट्रयाक्टर राजेश खरेलले अध्यक्ष मिलन भण्डारीलाई रोटरी ग्राभेल तथा ह्याम्मर हस्तान्तरण गर्दै पदस्थापन गराएका हुन् ।

निवर्तमान अध्यक्ष खरेलले नयाँ कमिटिलाई सफल कार्यकालको शुभेच्छा सहित निरन्तर सहयोगको प्रतिबद्धता गरेका थिए । पदस्थापनसँगै अध्यक्ष भण्डारीलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजिव पोख्रेलले शपथ ग्रहण गराएका थिए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष भण्डारीले शपथ ग्रहण गराएका छन् । क्लबमा प्रवेश गर्ने अन्य २० जना नयाँ सदस्यहरुलाई जोन १२ का जेडआरआर धनन्जय कुमार बर्नवलले शपथ ग्रहण गराएका थिए ।

वार्षिक कार्ययोजना जानकारी गराउँदै नयाँ अध्यक्ष भण्डारीले क्लबको सचिवालय भवन निर्माण गर्ने योजना रहेको बताए । उनले करिब १५ लाखको लागतमा १५ वर्षका लागि जग्गा लिजमा लिई क्लबको सचिवालय निर्माण गर्न समिति गठन भएको र यसै बर्ष निर्माण सम्पन्न हुने गरी काम सुरु हुन लागेको जानकारी दिए । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक्ट गर्भनर राजिव पोख्रेलले रोट्रयाक्ट क्लबहरुले देश र समाजमा पर्ने प्रभावसँगै रोटरी इन्टरनेशनलले गर्दै आएको कामहरुबारे जानकारी गराए । क्लबका संस्थापक अध्यक्ष प्रकाश गौतमले केक काटी, क्लबको जन्मदिन (स्थापना दिवस)को अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

रोट्रयाक्ट डिआरआर सञ्जीव पौडेलले रोट्रयाक्टको आवश्यकता र महत्व बढ्दै गएको बताउँदै थप जिम्मेवार भएर अघि बढ्न सुझाए । कार्यक्रममा ध्रुव धिताल, राजकुमार गुप्ता, रोटरी रुपन्देहीका अध्यक्ष गौतम भुसाल, रोट्रयाक्ट रुपन्देहीका संस्थापक अध्यक्ष प्रकाश गौतम र प्रोफेसर डा. आर सी आचार्यले क्लबको स्थापना दिवससँगै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।