ताजा अपडेट »

कोरोना संक्रमितलाई रुरु मिलन केन्द्रद्वारा आयुर्वेदिक औषधी

सोमबार, ०८ भदौ २०७७, १३ : १८
10 Shares

बुटवल । कोरोना संक्रमितलाई रुरु मिलन केन्द्रले आयुर्वेदिक औषधी वितरण गरेको छ । कोेरोना संक्रमित भई एन्फा एकडेमीको आइसोलेसनमा रहेका संक्रमितलाई सोमबार आयुर्वेदिक औषधी वितरण केन्द्रकी अध्यक्ष जमुना सुवेदी पोखरेलले बताइन् ।

सो औषधी वितरण कार्यक्रमले संक्रमितहरुलाई थप उर्जा र हौशला प्रदान गर्नका लागि सहयोग गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताएका थिए । साथै कोरोना निको हुने रोग भएकाले आत्मबल बढाउँदै योग र व्यायामका साथै मनमा आँट र हिम्मत समेत जगाउनु पर्ने बताए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, प्रमुख प्रशासकीय अघिकृत चक्रपाणी शर्मा,वडा नं ६ का वडाध्यक्ष जगदीश आचार्य, वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री, नगर योजना आयोजका सदस्य सचिव मेघराज भट्टराई र योगगुरु योगीराज आचार्यको विशेष उपस्थिति रहेको उक्त कार्यक्रमा संक्रमितहरुलाई उनीहरुले धैर्य भई मनमा डर,त्रास होइन,आँट र शाहस पैदा गर्नुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।