ताजा अपडेट »

पर्यटन प्रवर्द्धनको लागि सरोकारवालाबीच हातेमालो

आइतबार, ०७ भदौ २०७७, १७ : ४३
2 Shares

लुम्बिनी । विश्वव्यापी फैलिएको कोरोना भाइरसले सबै क्षेत्र प्रभावित भईरहेको बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवर्द्धनको लागि स्थानियबासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडी बढ्ने भएका छन् । कोषको सभाहलमा आईतबार आयोजित छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचर्यले लुम्बिनी विकास कोषले पर्यटन प्रवर्द्धनमा गर्ने हरेक गतिविधिमा स्थानियहरु सक्रियता पुर्वक साथ दिन तयार भएको बताए ।

उनले भने, ‘ईतिहासंमै पहिलो पटक स्थानिय बासिन्दा कोषको पदाधिकारी र जिम्मेवारीमा हुनुहुन्छ । यस्तो बेला स्थानियसंग घनिष्ठता बढाएर काम गरेमा विकास कोषको योजना दीर्घकालिन हुन्छ । ”
लुम्बिनी होटल संघ नेपालका महासचिव लिलामणी शर्माले लुम्बिनीको विकासमा स्थानिय होटल व्यवसायीहरु सधैं हातमा हात मिलाएर अगाडी बढ्न तयार भएको बताए । छलफलमा लुम्बिनी बिकास कोषका कामु सदस्य सचिव ज्ञानिन राइले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानियबासी, पर्यटनव्यवसायीसंग लुम्बिनी बिकाष कोष सधैं सहकार्य गरेर हिड्न तयार भएको बताए । उनले भने, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौं । सबैको सहयोग र सहकार्य मार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ ।

छलफलमा प्रदेश सांसद फकरुद्धिन खानले स्थानियहरुको सहकार्य मार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । विकाष कोषका उपाध्यक्ष भिक्षु मैत्तयाले लुम्बिनी वरिपरिको विकाष दीर्घकालिन विकास लक्ष्य सहित अगाडी बढेको बताए । अग्रज पत्रकार हिम बिस्टले कोरोना महामारीले विश्व नै आक्रान्त भएकोबेला लुम्बिनीमा त्यसको परेको असरले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी पनि प्रभावित भएको बताउदैं कोषको सहकार्य जरुरी रहेको बताए । छलफलमा सहभागीहरुले कोरोनाले लुम्बिनीमा पारेको असरबारे चिन्ता व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।