१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

नयाँदिल्ली । कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार जति पछि भयो, सङ्क्रमितको सङ्ख्या पनि त्यति नै बढी भइरहेको देखिएको छ ।

भारतमा कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या आइतबारसम्ममा तीस लाख नाघिसकेको छ । तीमध्ये ७४.९० प्रतिशतलाई निको भइसकेको छ । बाँकी केहीको मृत्यु भएको छ भने केहीको अहिले पनि उपचार भइरहेको छ । उनीहरु अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २२ लाख ८० हजार ५६६ जना सङ्क्रमणमुक्त भइसकेका हुन् । पछिल्लो एकैदिनमा भारतमा ६९ हजार २३७ जना सङ्क्रमित भएका छन् भने ९१२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या ५६ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट सङ्क्रमित भएकामध्ये १.८६ प्रतिशतको मृत्यु भएको देखिएको छ । भारतमा अहिलेपनि सात लाख सात हजार ६६८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ । पिटिआई

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु