ताजा अपडेट »

थप ८१८ जनामा कोरोना संक्रमण, २८१ संक्रमित डिस्चार्ज

आइतबार, ०७ भदौ २०७७, १६ : २६
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ८१८जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

देशका विभिन्न प्रयोगशालमा ८ हजार २६ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । योसँगै संक्रमितको कूल संख्या संख्या संख्या ३१ हजार ९३५ पुगेको छ । बितेको २४ घण्टामा थप २८१ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । देशभर गरी हाल ११ हजार ७१४ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै पछिल्लो विवरणअनुसार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।