ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु

आइतबार, ०७ भदौ २०७७, १५ : ४२
4 Shares

बुटवल । बुटवलको कोरोना अस्पतालमा आइतबार थप २ जना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारीले सूचना जारी गर्दै आइतबार भेन्टिलेटरमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१ की ६७ वर्षीय महिला र रुपन्देहीको समरीमाई गाउँपालिका–२ का ३८ वर्षका पुरुष रहेको उनले बताए ।

अस्पताल प्रशासनका अनुसार ६७ वर्षकी महिला साउन ३१ गते कोरोना पोजेटिभ देखिएपछि बुटवलको कोरोना अस्पतालमा भर्ना भएकी थिइन् । उनमा स्वास्प्रश्वासमा समस्या, दिर्घ, रोगी, प्रेसर र मृगौला रोगी भएको अस्पतालले जनाएको छ । यस्तै ३८ वर्षका ती पुरुषमा भदौ १ गते कोरोना संक्रमण देखिएको थियो । ती पुरुषमा स्वासप्रस्वासको समस्या रहेको थियो । मृतक दुवै जनाको आइतबार दिउँसो १ बजे मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।