२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

वासिङ्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गरेका छन् ।   

“एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई  धेरै जटिल बनाइरहेका छन्,” ट्रम्पले भने । उनले ट्वीट गर्दै भने, “स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु । नागरिकको जीवन बचाउने गतिमा ध्यान दिनै पर्छ ।” संयुक्त राज्य अमेरिकामा हाल तेस्रो चरणको परीक्षणका लागि कोभिड–१९ विरूद्धका तीन खोपहरू पर्खाइमा रहेका छन् । जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कूल ५६ लाख ६५ हजार ४०० भन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने एक लाख ७६ हजार ३३२ सङ्क्रमितको मृत्यु भएको छ । 

निर्वाचनको समयसीमा नजिकिँदै गर्दा भएका विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत रहेका ट्रम्पलाई कमजोर देखाइरहेका समय उनको यो भनाइ आएको हो । राष्ट्रपति ट्रम्पको पक्षमा सर्वेक्षण रिपोर्टहरू नआउनुलाई अमेरिकाको कोरोनाभाइरस नियन्त्रण प्रयाससँग जोडेर पनि हेर्ने गरिएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार