ताजा अपडेट »

ओझेलका खबरपछि प्रेम सुनारको जनतासँग जनप्रतिनिधि

शनिबार, ०६ भदौ २०७७, २० : ३३
12 Shares

बुटवल । ओझेलका खबरको सफता पछि गुल्मीका पत्रकार प्रेम सुनारले अर्को रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधी आज साँझ देखि प्रशारण सुर गर्न थालेका छन् । गुल्मीको सामुदायिक रेडियो स्काई बाट हरेक दिन साँझ सवा ८ बजे देखि सवा ९ बजे सम्म प्रशारण हुने र अर्को दिन विहान पुनः प्रशारण हुने त्यस कार्याक्रमलाई सुनारले पुर्णतः जनमुखी बनाउने सोचका साथ संचालन गर्न लागेको बताए ।

स्थानीय, प्रदेश र संघ सम्मका जनप्रतिनिधिहरुलाई जनताको समस्या, चासो र गुनासो उठान गरि जनउत्तरदायि बनाउने उदेश्य कार्यक्रम सुनार सहित रेडियो स्काईले लिएको छ । जनता संग जनप्रतिनिधी कार्यक्रम गाउँ गाउँमा पुगेर जनताको समस्या उठान गर्ने र जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउने पत्रकार सुनारले बताए । एउटा लोक प्रिय रेडियो कार्यक्रम ओझेलका खबर हुँदा हुँदै किन अर्को रेडियो कार्यक्रम सञ्चालन गर्न थाल्नु भयो त ? भन्ने प्रश्नमा सुनारले भने ओझेलका खबर पुर्णत सोसल हो ।

यसमा राजनीति बिषय बस्तु अट्नै सक्दैनन् । ओझेलका खबरले कृमनल केस पनि पढि उठाउँ छ । यसर्थ श्रोताको माग थेक्न नसकेका कारण जनप्रतिनिधिहरु र राजनैतिक दललाई उत्तरदायि बनाउन यो कार्यक्रम सञ्चान गर्न सुरु गरेको हुँ ।
उनले सन्चालन गर्दै आएको ओझेलका खबर गत डेढ दशक देखि गुल्मी, बाग्लु सहित पश्चिम नेपालका दुई दर्जन भन्दा बढि रेडियोमा प्रशारण हुँदै आएको छ र श्रोताले अध्याधिक मन पराउँदै आएका छन् ।

ओझेलका खबर प्रेम सुनारको लोगो नै बन्दै आएका छ । उनले त्यस कार्यक्रमले कैयौं खर्च अभावमा उपचार नपाएकाहरुले उपचार पाएका छन् भने अन्याय अत्यचारमा परेकाहरुले न्याय पनि पाउँदै आएकोले कार्यक्रमले उचाई लिदै आएको छ । पछिल्लो अर्को रेडियो कार्यक्रम पनि श्रोताले रुचाउने गरि आफुले मेहनत गर्ने सुनारको भनाई छ । उनले अहिले यो कार्यक्रम साप्ताहिक बनाए पनि पछि हरेक दिन विहान चलाउने लक्ष्य लिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।