ताजा अपडेट »

थप ६३४ जनामा कोरोना संक्रमण

शनिबार, ०६ भदौ २०७७, १६ : २७
6 Shares

बुटवल । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ६३४ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

देशका विभिन्न प्रयोगशालमा १२ हजार ५१९ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । योसँगै संक्रमितको कूल संख्या संख्या संख्या ३१ हजार ११७ पुगेको छ । बितेको २४ घण्टामा थप १३६ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ भने ८ हजार ७०५ जना संक्रमित संस्थागत आइसुलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।