ताजा अपडेट »

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

शनिबार, ०६ भदौ २०७७, १५ : ४३
4 Shares

लहान । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो ।

स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उहाँको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । उहाँको कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको प्रमुख यादवको भनाइ छ । योसँगै सिरहामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि सिरहाको गोलबजार नगरपालिका १२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका­१ का ४० वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।