ताजा अपडेट »

सनराइज बैंकले ल्यायो नारी बचत खातामा विभिन्न अफर

शनिबार, ०६ भदौ २०७७, १४ : ३२
6 Shares

काठमाडौं । सनराइज बैंकले नारी बचत खाता अफर ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने बैंकले जनाएको छ । एक वर्ष नि:शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता र लकर चार्जमा ५० प्रतिशत छुट एवं कर्जाको प्रक्रियागत खर्चमा छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

महिलाले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म क्यास ब्याकको अफरसमेत रहेको बैंकले जनाएको छ । बैंकले महिलालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो खाता सञ्चालन गरिएको बैंकको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।