ताजा अपडेट »

कोरोना संक्रमित बढेपछि बुटवलको अस्पतालका आइसियू बेड भरिए

शनिबार, ०६ भदौ २०७७, १४ : ०३

बुटवल । पछिल्लो समय समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि मानिसहरु एकाएक बिरामी हुन् थालेका छन् । केही दिन अघिसम्म खाली देखिएका रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालका आइसीयू बेडहरु भरिएका हुन् । १६ वटा आइसियू वेडरहेको अस्पतालमा अहिले १४ जना संक्रमितहरु रहेका छन् ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार अब अस्पतालमा २ जनाको लागि मात्रै आइसियू बेड रहेका छन् । 'आज बिहान आइसियूमा १६ जना संक्रमित रहेका थिए, मध्यानपछि २ जना केही सामन्य संक्रमितलाई आइ्सुलेशनमा सारिएको छ', डा. थापाले ग्लोबल आवाजसँग कुरा गर्दै भने , अब अस्पतालमा २ जनाको लागि मात्रै आइसियू बेड खाली छ, अन्य विरामीलाई भर्ना गर्न सक्दैनौं ।'

अस्पतालको ३६ बेडको आइसोलेसन कक्षमा २३ जना भर्ना भइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।