ताजा अपडेट »

लियो मिस तीजको उपाधि पूजालाई

शनिबार, ०६ भदौ २०७७, १३ : ००
10 Shares

सैनामैना । आठौँ लियो मिस तीज-२०७७ को उपाधि पूजा श्रेष्ठले चुम्न सफल भएकी छन्। गत साउन २४ गते देखि डिजिटल संस्करणबाट सुरु भएको उक्त प्रतियोगितामा २६ जना प्रतियोगिलाई पछि पार्दै शुक्रबार पुजाले उपाधी जितेकी हुन् । प्रतियोगितामा विजेता श्रेष्ठले ७ हजार ७ सय ७७ रुपैयाँ, क्राउन, बैकिङ स्कलरसिप, स्कलरसिपमा एक वर्षका लागी डिप्लोमा अध्ययन लगायत प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक तथा क्लबका फस्टभिपि सुमन पौडेलले जानकारी दिए ।

यस्तै आठौँ लियो मिस तीज-२०७७ को फस्ट रनर अफमा नितु पोख्रेल र सेकेण्ड रनर अफमा अञ्जली पाण्डे भएकी छिन् । उनीहरुलाई क्रमश : नगद राशी रु.५ हजार ५ सय ५५, स्कलरसिपमा ६ महिना डिप्लोमा अध्ययन र प्रमाण पत्र र सेकेण्ड रनर अफ अञ्जलीलाई २ हजार २ सय २२ र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पब्लिक च्वाइस अवार्डमा विपिना पाण्डे, वेस्ट पर्फमेन्सर विनिता सुनार र द मस्ट ट्यालेन्टेट वर्षा परियार घोषित भएकी छन् । प्रतियोगितामा सृष्टि घिमिरे, गोविन पुन र पूजा गहतराजले निर्णयकको भुमिका निभाएका थिए ।

विश्वभरि फैलिएको कोरोना भाइरस देशका विभिन्न स्थानमा जोखिमको संक्रमण बढिरहेको बेला लियो क्लब अफ सैनामैनाले निरन्तरता दिदै आएको लियो मिस तीजलाई यस वर्ष डिजिटल संस्करणबाट भब्यताका साथ सम्पन्न गरेको क्लबका वर्ष २०२०/२१का अध्यक्ष दृश्य बरालले बताए । अध्यक्ष बरालले लियो क्लब अफ सैनामैनाले नारीहरुको भित्रि प्रतिभालाई प्रस्फोटन गराउने र नेपाली मौलिक संस्कतिलाई जर्गेना गर्ने हेतुले लियो मिसको आयोजना गरिएको उल्लेख गरे । नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर सो प्रतियोगिता भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।