ताजा अपडेट »

सम्भव हुने कार्यक्रम मात्र गरेर दिवस मनाउन निर्देशन

शनिबार, ०६ भदौ २०७७, ११ : ४३
10 Shares


काठमाडौँ । सरकारले कोरोना भाइरस ९कोभिड­ १९०को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले कोभिड­१९ को सङ्क्रमणको जोखिम बढ्दै गएकाले बन्दाबन्दीको नियम पालना र स्वास्थ्यका न्यूनतम् मापदण्ड अपनाएर दिवसमा सम्भव हुने मात्र कार्यक्रम सञ्चालन गर्न तीनै तहलाई निर्देशन दिएको हो ।

बैठकले निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारीको नामावली घोषणा गर्नका लागि सबै सरकारी निकायमा कार्यरत कर्मचारीलाई समेटिने गरी १५ दिनको सूचना तथा सञ्चार मन्त्रालयको वेवसाइटमा प्रकाशन गर्ने निर्णय गरेको छ । निजामती सेवा ऐन जारी गरेको सम्झनामा २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते दिवस मनाउने गरिन्छ ।

बैठकले दिवसकै अवसरमा गोरखापत्र दैनिकमा निजामती सेवा विशेषाङ्क प्रकाशन गर्ने, आवश्यक श्रव्यदृश्य, पम्प्लेट आदि सन्देशमूलक सामग्री तयारी गरी प्रचारप्रसार गर्न तथा रेडियो नेपाल र नेपाल टेलिभिजनमा निजामती सेवासम्बन्धी विषयमा छलफल कार्यक्रम सञ्चालन गर्ने जिम्मेवार सञ्चार मन्त्रालयलाई दिइने निर्णय गरेको छ ।

यस्तै दिवसकै अवसरमा निजामती सेवाप्रतिको जनअपेक्षा विषयक खुला निबन्ध प्रतियोगिता आयोजना गर्ने, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत सरोकारवाला सङ्घसंस्थालाई स्वास्थ्यको मापदण्ड अवलम्बन गरी रचनात्मक कार्यक्रम गर्न अनुरोधसमेत गरेको छ ।
बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा ११ सदस्यीय निजामती सेवा दिवस कार्यक्रम संयोजन उपसमिति पनि गठन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।