१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

चितवन । भरतपुर आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको शुरुआती समयमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजश्व सङ्कलन भएको हो । कोरोना कहरको समयमा समेत कार्यालयलाई लक्ष्य रु १ अर्ब ४६ करोड २२ लाख ३ हजार तोकीएकोमा शून्य दशमलब ९२ प्रतिशत बढी सङ्कलन गरेको हो ।

Advertisement

कार्यालयका प्रमुख शुब प्रसाद रिजालका अनुसार साउन महिनामा रु १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार राजश्व उठेको छ । कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शीर्षकबाट राजश्व असुली गरेको छ । सबै भन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ । अन्तःशुल्कबाट रु ९८ करोड २४ लाख ५० हजार र स्वास्थ्य सेवा करबाट रु ११ लाख २५ हजार राजश्व उठेको छ । कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शीर्षकमा राजश्व असुल गर्न सफल भएको छ । व्याजकर मा रु २० करोड १७ लाख ९४ हजार राजश्व उठेको छ । यो महिनामा रु १३ करोड ३७ लाख ७३ हजार राजश्व असुली गर्ने लक्ष्य लिइएको थियो । आयकरमा कार्यालयले रु २ करोड ८० लाख २४ हजार राजश्व असुली गरेको छ ।

सो महिनामा यसमा रु ७६ लाख ५२ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो । यस्तै मुल्य अभिवृद्धि कर अन्तर्गत रु २५ करोड ८३ लाख ९५ हजार र बहाल कर रु ३८ लाख ८७ हजार असुली भएको छ । विभागले कार्यालयलाई यस वर्षको रु १८ अर्ब ९० करोड लक्ष्य तोकेको छ । कार्यालयमा अहिले ५० हजार करदाता रहेको कार्यालयले जनाएको छ । यस कार्यालयले साउनदेखि चितवन मात्रै हेर्दै आएको छ । चालु आर्थिक वर्षबाट सुस्ता पूर्व नवलपरासी कार्यालय स्थापना भएपछि जिल्ला मात्रै हेर्न थालेको हो ।

डा. बगाले कोरोनामुक्त

रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल हुनु भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो । भरतपुर अस्पतालबाट स्वाब दिनुभएका डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा.बगालेलाई १२ दिन अघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बस्नुभएको छ । कार्य क्षेत्रमै खटिएका बेलामा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँसंगै परीक्षणका क्रममा श्रीमतिको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी दिनुभयो । आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र