ताजा अपडेट »

कोरोना कहरमा तीज, आ-आफ्नो घरमै मनाऔं

विहीबार, ०४ भदौ २०७७, ०८ : ४९
10 Shares

आज नेपाली महिलाहरूको महान तथा महत्वपूर्ण पर्व हरितालिका तीज अन्तर्गत दरखाने दिन । हरेक वर्ष तीजको एकदिन अगाडि दर खाने प्रचलन रहँदै आएको छ । धार्मिक तथा परम्परा अनुसार यो दिन माइती पक्षले आफ्ना चेलीहरुलाई बोलाएर विशेष दर वा परिकार खुवाउने प्रचलन रहेको छ । तर,यो प्रचलनमा केहि वर्ष यता परिवर्तन आएको छ । अर्थात् पहिलेजस्तो एकदिन मात्रै दरखाने प्रचलनमा परिवर्तन भई केहि दिन अगाडिदेखिनै खुवाउने÷खाने चलन बढ्दो छ । आज नारीहरुको महान पर्व हरितालिका तीज अन्तर्गत दरखाने दिन हो । तर,विश्वव्यापी कोरोना भाइरस (कोभिड)१९०को संक्रमण र त्रासले यो पर्व प्रभावित भएको छ । ५ महिना अगाडि देखिनै यसको त्रासदी वातावरण रहँदै आएकोमा हाल समुदायमा संक्रमण देखिएको छ ।

समुदायमा संक्रमण देखिएपछि विभिन्न तहले लकडाउन गरेका छन् । त्यसैगरी केहि जिल्लामा पनि लकडाउन घोषणा गरिएको छ । जसबाट महिलाहरु भेला भई सार्वजनिक स्थलमा दरखान नाचागान गर्नमा बञ्चित भएका छन् ।यद्यपि आज देशभरदरखाने कार्यक्रम गरी यो पर्व मनाइँदैछ । विभिन्न मिष्ठान्न परिकारका साथ बुधबार दरखाएरतीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरूले दरखाने प्रचलन छ । भोली बस्ने निराहारव्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दरखाने परम्परा छ । तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरूले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकारदरका रूपमा खाने चलन भएको छ । यसले निस्स्वार्थ र त्यागमय प्रेमको सन्देश बोकेको छ । सुखी दाम्पत्य जीवन रआफ्ना सन्तानको सुखका लागि पानी पनि नखाइ लिइने यो व्रतप्रति महिलाहरूको बढ्दो आकर्षणले उनीहरूको प्रेम रममताको संवेदनशीलता देखाउँछ ।

हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालयले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए तर,पार्वती भने घर न थर भएका, विष भाङ, धतूरो खाने दिगम्वर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन्। पार्वतीले चुपचाप आँशु बगाएरबाबुको इच्छामा आफ्नो प्रेमलाई तिलाञ्जली दिइनन् उनले विद्रोह गरिन् । आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेरनिर्जन ठाउँमा गइ पानी पनि नखाइ व्रत बसिन्। ‘हरिता भनेको हरण गरिएकी र ‘अलिका’ भनेको साथीहरूबाट । हरितालिका भनेको साथीहरूबाट हरण गरिएकी भन्ने हुन्छ त्यसैले आज पनि यो पर्व साथीहरूसँग मिलेर मनाइन्छ । आफ्नो अडानमा दृढ भएकै कारणबाट पार्वतीको जित भयो र भोलेनाथसँग उनको विधिपूर्वक विवाह भयो।

पार्वतीले सुखी दाम्पत्य जीवन भौतिक सुख सुविधा रऐशआराममा हैन पति पत्नीबीचको सुमधुरप्रेम रसमर्पणमा हुन्छ भन्ने कुरा प्रमाणित गरिदिइन्। खुला आकाश, हिउँको चिसो मझेरीमा नै उनले स्वर्गको भन्दा, वैकुण्ठको भन्दा बढी सुख अनुभव गरिन्। उनले प्रेमको दाम्लोले सिंह र साँढेलाई एउटै खावोमा बाँधिन् । पार्वतीको दया, प्रेम, करुणा वर्षाले शिव परिवारआदर्श परिवार बन्यो जसलाई विद्वानहरूले शिव संस्कृतिको रूपमा परिभाषित गरेका छन्।सबै देवीदेवतामध्ये शिव पार्वती नै यस्ता दम्पति हुन जसले सफल र सुखी दाम्पत्य जीवन पूर्णरूपले भोग गरेको पाइन्छ। त्यसैले आज पनि हामी सुखी दाम्पत्य जीवन र पारिवारिक सुखका लागि शिव पार्वतीको पूजा अर्चना गरिन्छ ।

एक पटक जब दानवहरूको आक्रमणबाट देवत्व खतरामा पर्यो, सम्पूर्ण देवताहरू पार्वतीको शरणमा आए रआफू भित्रको शक्तिद्वारा देवत्वको रक्षा गरिदिनको लागि प्रार्थना गरे। पार्वतीले पनि आफूभित्र सञ्चित रहेको शक्तिलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि हैन परोपकार एवम् लोककल्याणका लागि प्रयोग गरिन् रअशुरी शक्तिको विनाश गरी देवत्वको रक्षा गरिन्। यसरी देवी पार्वती प्रेम रक्रोधको सही उपयोगका कारण पूज्य र स्तुत्य बनिन्। हरितालिका तीज भगवती पार्वतीसँग जोडिएकोले यो हाम्रो मौलिक पर्व हो। उनले तीजमार्फत् दिएको यो प्रेम रसद्भावको सन्देशलाई हामीले नारीहरूले जीवन्त राख्नुपर्छ । तीजले श्रीमान् श्रीमती बीचको सम्बन्धलाई सुमधुरबनाउँछ। साथी संगी, छिमेकीसँगको प्रेमलाई गाढा बनाउँछ। माइती र चेलीबीचको मनोमालिन्य हटाइदिन्छ। यिनै सब कारणले गर्दा पनि तीज हिजोभन्दा आज अझ बढी लोकप्रिय हुँदै गइरहेको छ। यो पर्व पतिपत्नी बीचको प्रेमको प्रतीक भएकोले यसमा माहिलाले सोह्र श्रृंगारगरेरआफूलाई सजाउनुलाई अचम्मले हेरिनु हुँदैन। तीजको मूल मर्मलाई बुझेर यसलाई सभ्य र शालिनता पूर्वक श्रद्धा भक्तिका साथ मनाउने हो भने यसले अवश्य पनि समाजलाई सही बाटोमा र्डोयाउने छ ।

संक्रमणको त्रास र मृत्युको भएका बीच नारी शहनशीलता,संघर्ष,शक्ति,भक्ति र सामथ्र्यसँगै स्वतन्त्रताको प्रतिक हरितालिका तीजका अवसरमा सम्पूर्ण नारीहरुप्रति रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता,हिम्मत र धैर्यताको कामना गर्दछौं । साथै पर्वको अवसरमा असावधानी नगुमाउन र संयम् भएर आ–आफ्ना घरमै रहेर आवश्यक सुरक्षा र सावधानीका साथ पर्वलाई सरल तवरले मनाउन आवश्यक रहेको छ । पर्वहरु संक्रमण,संकट,संघर्ष माथि विजयी हासिल गरेर मनाइने अवसर हुन तसर्थ यस वर्षको हरितालिका तीजले पनि वर्तमान विषम परिस्थितिको सामना गर्दै कोरोना माथि विजयी गर्ने शक्तिको स्रोत,आधार र विश्वास् बनोस् । सम्पूर्ण नेपाली नारीहरु सहित देशभरका सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।