ताजा अपडेट »

बुटवलका ५ सहित रुपन्देहीमा १४ जना संक्रमित थपिए

सोमबार, ०१ भदौ २०७७, १८ : ०२
2 Shares

भैरहवा । रुपन्देहीमा कोभिड-१९ को संक्रमण पछिल्लो समय बढ्दै गएको छ । आज मात्रै रुपन्देहीमा १४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय भैरहवाले जनाएको छ । भैरहवामा २ जना, तिलोत्तमामा ६ जना, बुटवलमा ५ र सुद्धोधन गाउँपालिकामा १ जना थप संक्रमित देखिएको स्वास्थ्य कार्यालय भैरहवाका भेक्टर कन्ट्रोलर निरिक्षक केदार साहले जानकारी दिए ।

संक्रमितहरु बढ्दै गए पनि स्थानीय तहहरुले लकडाउन गरेका छन भने जिल्ला स्थित सरकारी कार्यालयहरु समेत आफ्नो सेवा बन्द गरि रहेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार देखि आगामी भदौ ५ गते सम्मको लागि अति आवश्यक र मुद्दा बाहेकका अन्य सबै सेवाहरु बन्द गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बढ्दो जोखिमलाई हेरेर कार्यालयले सेवाग्राहीहरुलाई प्रवाह गर्ने सेवा बन्द गरेको जानकारी दिए ।

यस्तै भैरहवा स्थित मालपोत कार्यालयले पनि एक सूचना जारी गर्दै कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवाहरु ५ गतेसम्मका लागि बन्द गरेको जनाएको छ । प्रमुख मालपोत अधिकृतले सूचना जारी गर्दै ५ गतेसम्म सिद्धार्थनगर नगर पालिका पूर्ण लकडाउन रहेको अवश्थामा कार्यालयको अत्यावश्यक र आन्तरिक प्रशासनिक काम बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

कोभिडको जोखिमबाट सावधानी अपनाउँदै रुपन्देहीका स्थानीय तहहरुले पनि लकडाउन घोषणा गरि रहेका छन् । जिल्लाका बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगर पालिका, देवदह नगरपालिका, रोहिणी गाउँपालिका पहिले देखी नै लकडाउन घोषणा गरेका छन । यस्तै सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मायादेवी गाउँपालिकाले आज देखी लकडाउन घोषणा गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।