November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

राती फोनमा बोल्दाबोल्दै छतबाट खस्दा रुपन्देहीका यूवाको मृत्यु

87.5K

सांकेतिक तस्विर

बुटवल । घरको छतबाट खसेर रुपन्देहीमा एक युवाको मृत्यु भएको छ । सिद्धार्थनगर भैरहवाका २३ वर्षिय युवा बिकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ । उनी गएराति २ः३० बजे आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खसेका थिए ।

घाइते जैसवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जैसवाललाई उपचारको लागि भैरहवास्थित यूनिभर्सल मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

पछिल्लो अपडेट