ताजा अपडेट »

रेडसन होटलमा एक वर्ष निःशुल्क योग

शुक्रबार, २३ साउन २०७७, १३ : ५१
14 Shares

भैरहवा । भैरहवामा रहेको बोधी रेडसन होटलमा एक वर्षको लागी निःशुल्क योग शिविर सुरु भएको छ । कोरोना महामारीकै बिच यसबाट जोगिन सक्ने सम्पूर्ण तयारी सहित योग कक्षा सुरु भएको होटल सञ्चालकले जनाएका छन् । सबै प्रकारका रोगहरुबाट जोगिन र प्रतिरोधात्मक शक्ति बढाउनको लागी योगको महत्व उच्च रहेकोले होटलमा योग सुरु गरिएको हो ।

बिहिबारबाट सुरु भएको योग एक वर्ष सम्म सञ्चालन हुने र यसमा होटलको अतिथि मात्र नभई जो कोही पनि भाग लिन सक्ने होटल सञ्चालक तथा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादवले जानकारी दिए । यादवले योग प्रायः सबै रोगको औषधी भएकोले यसबाट कसैलाई बञ्तित नगरि सबैको लागी होटलमै योग कक्षाको सुरुबात गरिएको बताए ।उनले बिहिबार योग गुरु नारायण अग्रवाल र ठाकुर रेग्मीले योग सिकाएको जनाए । बर्ष भरि योग गुरु ठाकुर रेग्मी र समय समयमा अन्य योगहरु समेत आमन्त्रण गरि कक्षा सञ्चालन गर्ने उनले जनाए । पातञ्जल योग नगर समिति भैरहवाको सहयोगमा सुरु भएको बिशेष योग विज्ञान शिविरमा बिहान ५ बजे देखी ७ बजे सम्म सञ्चालन हुने योग गुरु ठाकुर रेग्मीले जानकारी दिए ।

नेपालकै अर्घाखाँचीको पाणिनीमा जन्मेका पातञ्जलले योगको सुरुवात गरि यसलाई विश्वविख्यात बनाएको कारण पातञ्जलकै नामबाट योग कक्षाको सुरुवात गरिएको रेग्मीले जनाए ।ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरमा रहेको बोधी रेडसन रिसोर्ट लकडाउन पछि कोरोनाबाट जोगिने बिधिहरु अपनाउदै सञ्चालनमा आएको छ । शारिरीक ब्यायमको साथै रोगब्याधिको जोगिन योग लोकप्रिय हुदै गई रहेको अवश्थामा भैरहवा क्षेत्रमै सुविधा सम्पन्न होटलमा यसको प्रशिक्षणले धेरै स्थानिय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।