ताजा अपडेट »

तिनाउमा तितेपातीबाट तेल उत्पादन

विहीबार, २२ साउन २०७७, १० : ५२
16 Shares

तिनाउ । तिनाउ गाउँपालिका ३ झुम्सामा रहेको जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले तितेपातीको तेल उत्पादन गर्न सुरु गरेको छ । गाउँमा खेर गइरहेको तितेपातीलाई प्रशोधन गरी तेल निकालिने भएको हो । सहकारीले एक किलोग्राम तितेपातीलाई ८ रुपैँया मूल्य दिएको छ । तिनाउ आसपासका स्थानीय समुदायले खेर गइरहेको तितेपातीलाई काट्ने, बोक्ने, ढुवानी खर्च घटाउँदा एक दिनमा ३ हजार रुपैँयासम्म आम्दानी भएको बताएका छन् । एक लिटर तितेपातीको तेललाई कम्तिमा १० हजार रुपैँया पर्दछ । पाँच क्वीन्टल तितेपाती एक घान लगाएर पेल्दा १ लिटर तेल निस्कन्छ ।

प्रसोधन केन्द्रको प्रदेशसभा सदस्य बसन्त घर्ती मगर र नारायणप्रसाद आचार्यले औपचारीक रुपमा शुभारम्भ गरेका छन् । सहकारी संस्थाका अध्यक्ष झपेन्द्र जीसीले समुदायको आयआर्जन वृद्धि गर्न तितेपातीको तेल उत्पादनले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । सहकारीले दाउरा बालेर पानी तताई बाफले तितेपातीको तेल निकाल्ने गर्दछ । अध्यक्ष जीसीले यसले स्थानीय समुदायलाई रोजगारीका अवसर दिने भएकाले राज्यले नयाँ प्रविधिको मेशिन किन्न सहयोग गर्नुपर्ने बताए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले दालचिनी, अदुवा, बेसारको तेल निकाल्ने हो भने यस क्षेत्रका समुदाय सम्पन्न हुने बताए । यो पुरानो प्रविधि हो । नयाँ प्रविधिको मेशिनका लागि करिव ५० लाख पर्दछ । जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेड २०५६ सालमा स्थापना भएको हो । सहकारीमा हाल १६५ शेयर सदस्य रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।