Jun 9, 2023
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जाँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।
उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । सो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं जाँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो । घटना बारे थप अनुसन्धान जारी रहेको छ ।
प्रतिकृया दिनुहोस्